कतिपय मानिसले खोप कार्ड हराए का छन् भने कतिले खोप लगाएपनि कार्ड नपाएको गुनासो गरेको पाइएको छ ।
आजदेखि सार्वजनिक स्थलमा प्रवेश गर्न र सेवा लिनका लागि खोप कार्ड देखाउनुपर्ने नियमलाई लागू भएको छ ।
खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले पनि खोप कार्ड अनिवार्य नै चाहिन्छ । तर, कतिपय मानिसले खोप लगाएको कार्ड हराइसकेका छन् भने कतिले खोप लगाएपनि कार्ड नपाएको गुनासो गरेको पाइएको छ ।
खोप कार्ड नभएका वा हराएका मानिसले यसको नयाँ प्रतिलिपि बनाउनुपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तीन तरिकाबाट खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने जनाएको छ । स्वास्थ्य मन्त्रालयअनुसार दुवै डोज खोप लगाइसकेको भए खोपको दोस्रो डोज लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।
पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिन्छ ।
जोन्सन एन्ड जोन्सन खोप लगाएकाले खोप लगाएको केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने मन्त्रालयले जनाएको हो ।