नामकरणमा १ नम्बर प्रदेश पछुवा !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

नेपालका सात प्रदेशमध्ये ६ प्रदेशको नामकरण भइसकेको छ ।

सबै प्रदेशको स्थायी राजधानी तय भएपनि प्रदेश १ बाहेक अन्य सबै प्रदेशको नामकरण भइसकेको छ ।

पछिल्लोपटक प्रदेश २ ले नामकरण र राजधानी टुङ्गो लगायो ।

सोमबारको प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेस प्रदेश’ कायम भयो भने राजधानी जनकपुरधाम तोकियो ।

सात प्रदेशमध्ये सबैभन्दा पहिले तत्कालीन प्रदेश ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो ।

सो प्रदेशले २०७४ फागुन १२ गते नाम र राजधानी टुङ्गो लगाएको थियो ।

त्यसपछि, प्रदेश ४ को प्रदेशसभाले २०७५ असार २२ गते आफ्नो नाम गण्डकी हुने तय गरेको थियो ।

त्यसअघि असार १८ गते नै राजधानी पोखरा कायम भएको थियो ।

२०७५ असोज १२ गते तत्कालीन प्रदेश ७ को प्रदेशसभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो ।

यस्तै, तत्कालीन प्रदेश ३ को प्रदेशसभाले २०७६ पुस २७ गते प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा रहने टुङ्गो लगाएको थियो ।

त्यस्तै, प्रदेश ५ को प्रदेशसभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका, दाङमा रहने टुङ्गो लगाएको थियो ।

अब, नामकरणको लागि प्रदेश १ मात्रै बाँकी छ । प्रदेश १ भने नामकरणमा पछुवा भएको छ । तथापि, १ नम्बर प्रदेशको स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ ।

२०७६ वैशाख २३ को प्रदेशसभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको हो ।

संविधानमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सक्ने व्यवस्था छ ।

प्रकाशित समय: सोमबार ३ माघ, २०७८, २०:५९:१५
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०