नामकरणमा १ नम्बर प्रदेश पछुवा !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ३ माघ, २०७८
५ वर्षअघि

नेपालका सात प्रदेशमध्ये ६ प्रदेशको नामकरण भइसकेको छ ।

सबै प्रदेशको स्थायी राजधानी तय भएपनि प्रदेश १ बाहेक अन्य सबै प्रदेशको नामकरण भइसकेको छ ।

Advertisement

पछिल्लोपटक प्रदेश २ ले नामकरण र राजधानी टुङ्गो लगायो ।

सोमबारको प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेस प्रदेश’ कायम भयो भने राजधानी जनकपुरधाम तोकियो ।

सात प्रदेशमध्ये सबैभन्दा पहिले तत्कालीन प्रदेश ६ ले आफ्नो प्रदेशको नाम कर्णाली र स्थायी राजधानी वीरेन्द्रनगर कायम गरेको थियो ।

सो प्रदेशले २०७४ फागुन १२ गते नाम र राजधानी टुङ्गो लगाएको थियो ।

त्यसपछि, प्रदेश ४ को प्रदेशसभाले २०७५ असार २२ गते आफ्नो नाम गण्डकी हुने तय गरेको थियो ।

त्यसअघि असार १८ गते नै राजधानी पोखरा कायम भएको थियो ।

२०७५ असोज १२ गते तत्कालीन प्रदेश ७ को प्रदेशसभाले आफ्नो प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी, कैलाली हुने तय गरेको थियो ।

यस्तै, तत्कालीन प्रदेश ३ को प्रदेशसभाले २०७६ पुस २७ गते प्रदेशको नाम वाग्मती र राजधानी हेटौँडा रहने टुङ्गो लगाएको थियो ।

त्यस्तै, प्रदेश ५ को प्रदेशसभाले २०७७ असोज २० गते प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका, दाङमा रहने टुङ्गो लगाएको थियो ।

अब, नामकरणको लागि प्रदेश १ मात्रै बाँकी छ । प्रदेश १ भने नामकरणमा पछुवा भएको छ । तथापि, १ नम्बर प्रदेशको स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ ।

२०७६ वैशाख २३ को प्रदेशसभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको हो ।

संविधानमा प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सक्ने व्यवस्था छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०