दिनदिनै राेमाञ्चक बनिरहेकाे ‘ए’ डिभिजन लिग

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
५ वर्षअघि

शनिबार सङ्कटामाथि थ्रीस्टारले निकालेको रोमान्चक जित र फ्रेन्ड्सविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लबले दर्ता गरेको सानदार जितसँगै जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि होड रोमाञ्चक बनेको छ ।

उपाधि होड रोमाञ्चक बन्दै गर्दा शीर्ष चार स्थानका लागि क्लबको लडाइँ उत्कर्षमा पुगेको छ । हिजाेको खेलसँगै शीर्ष दुई स्थानबाहेक अङ्क तालिकामा व्यापक परिवर्तन भएको छ ।

Advertisement

आठौँ चरणका खेल सकिँदा तेस्रो स्थानमा रहेको सङ्कटा नवौँ चरणको चार खेल सकिँदा पाँचौँ स्थानमा झरेको छ । त्यस्तै, चौथो स्थानको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा र पाँचौँ स्थानको थ्रीस्टार चौथो स्थानमा उक्लिन सफल भएका छन् ।

आ–आफ्नो खेलमा स्पष्ट जित निकाल्न सफल भएपछि आर्मी र थ्रीस्टारले एक–एक स्थान सुधार गरेका हुन् ।

दशरथ रङ्गशालामा शनिबार (हिजो) भएको पहिलो खेलमा आर्मीले फ्रेन्ड्सविरुद्ध ३–१ को जित दर्ता गर्‍यो । जारी लिगका खेलमा कुनै पनि क्लबविरुद्ध ठुलो अन्तरको जित निकाल्ने क्रममा जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले आर्मीका लागि समान एक–एक गोल गर्दै सानदार जित दर्ता गराउन सफल भए ।

यता, लिगमा जितविहीन रहेको फ्रेन्ड्स आर्मीसामु निरीह रह्यो । अङ्क तालिकाको अन्तिममा रहँदै रेलिगेसनमा पर्ने निश्चितप्रायः बनेको फ्रेन्ड्सका लागि जमल एन्थोनीले एक गोल गरे पनि जितका लागि अपर्याप्त रह्यो ।

हिजै भएको दोस्रो खेलको थपिएको अतिरिक्त समयमो अन्तिम समयमा गोल गर्न सफल भएपछि थ्रीस्टारले सङ्कटालाई हराउँदै स्पष्ट तीन अङ्क खाेस्न सफल भएको छ ।

तालिकाको तेस्रो स्थानको सङ्कटालाई १–० गोलान्तरको झिनो अङ्कले हराएको आर्मीले अङ्कतालिकामा समेत सङ्कटालाई पछि पारेको छ । सङ्कटाविरुद्ध रोमाञ्चक जित दर्ता गर्दा थ्रीस्टारका विजय भुजेल नायक बने ।

निशान खड्काले लेफ्ट फ्ल्याङ्कबाट गरेको क्रसमा थ्रीस्टार अतिरिक्त समायको आठौँ (९०+८) मिनेटमा गोल गर्न सफल भएको थियो । खड्काको क्रसलाई बचाउन सङ्कटाका गोलरक्षक राजबाबू थापाले प्रयास गरेपनि असफल भएका थिए ।

सोही बललाई राफेल रिमले रोक्दै सङ्कटाको पेनाल्टी क्षेत्रभित्र सुन्दर पास निकालिदिएका थिए । रिमले निकालिदिएको सोही पासमा बेन्चबाट मैदान छिरेका विजय भुजेल गोल गर्न सफल भए ।

शीर्ष स्थानका लागि लडाइँ जारी

लिग अङ्कतालिकाको तेस्रो, चौथो र पाँचौँ स्थानका लागि तीव्र प्रतिस्पर्धा रहँदा शीर्ष स्थानमा समेत कडा टक्कर देखिएको छ ।

आठ खेलबाट २० अङ्क जोडेको मछिन्द्र फुटबल क्लब तालिकाको शीर्ष स्थानमा रहँदा नौ खेल खेलको मनाङ मर्स्याङ्दी १९ अङ्कको साथ दोस्रो स्थानमा छ । उपाधि दौडमा निकै सन्तुलित देखिएको मनाङलाई नवप्रवेशी क्लब सातदोबाटोले नमिठो हार चखाएपछि मनाङको उपाधिको यात्रामा केही धक्का लागेको छ ।

पोखरास्थित आफ्नो घरेलु रङ्गशालामा च्यासलविरुद्ध ५–० को विशाल अन्तरको जित दर्ता गरी काठमाडौँ आएको मनाङलाई २–१ गोलान्तरले हराउँदै सातदोबाटो इतिहास रच्न सफल हुँदा स्पष्ट जितसहित मछिन्द्रविरुद्ध दुई अङ्कको अग्रता लिनबाट मनाङ चुकेको छ ।

हालसम्म अपराजित रहेकाे मछिन्द्रले आज हुने खेलमा बिग्रेड ब्वाइजविरुद्ध जित दर्ता गरेको खण्डमा भने मनाङको नवौं पटक लिग जित्ने सपना भताभुङ्ग हुने निश्चित छ । किनकी एक खेल कम खेलेको मछिन्द्रले आज जित हासिल गरे मनाङविरुद्ध चार अङ्कको स्पष्ट अग्रता लिनेछ ।

शीर्ष चारभित्र पर्न र रेलिगेशनबाट बच्न चलिरहेकाे प्रतिस्पर्धा

यता मनाङविरुद्ध ऐतिहासिक जित दर्ता गराएको सातदोबाटो भने शीर्ष चारको दौडभित्र फर्किएको छ । आफ्ना पछिल्ला पाँच खेलयता जितविहीन बन्दै आठौँ स्थानमा रहेको सातदोबाटो मनाङलाई हराएसँगै छैटौँ स्थानमा उक्लिएको छ ।

सातदाेबाटाेले आठौँ चरणको समाप्तिमा छैटौँ स्थानमा रहेको हिमालयन शेर्पालाई पछि पारेको छ । शीर्ष चारभित्र अटाउने लक्ष्यका साथ लिग खेलिरहेको शेर्पा नेपाली एपिएफ क्लबसँग पराजित भएसँगै सातौँ स्थानमा झरेको हो ।

लिगको नवौँ चरणको खेलको पहिलो खेलमा शेर्पालाई १–० ले हराउन सफल भएसँगै एपिएफ रेलिगेसन जोनबाट माथि उठेको छ । रेलिगेसनबाट बच्न जित्नै पर्ने खेलमा विजयी भएपछि एपिएफ केही ढुक्क देखिएकाे छ ।

यो सिजन निकै खराब फर्मबाट गुज्रिरहेको फ्रेन्ड्स क्लब तीन अङ्कका साथ तालिकाको पुछारमा रहँदा आठ खेलबाट पाँच अङ्क जोडेको च्यासल १३औँ र समान खेलबाट ६ अङ्क बनाएको ब्रिगेड ब्वाइज १२औँ स्थानमा रहँदै रेलिगेसनबाट माथि उठ्न प्रयासरत छन् ।

त्यसबाहेक उपाधि दाबेदार मानिएको नेपाल पुलिस ११औँ, जावलाखेल १०औँ र चर्चित नेपाली खेलाडी एवम् प्रशिक्षक राजुकाजी शाक्य नेतृत्वको एनआरटी आठौँ स्थानमा रहँदै लिगमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०