कुनै पनि कामको तनावले मेमोरी कमजोर बनाउने अध्ययनले देखाएको छ ।
शारीरिक तनावले द्रुत गतिमा मस्तिष्कलाई वृद्ध बनाउने र कमजोर मेमोरीसँग सम्बन्धित हुन सक्ने मानव विकास तथा परिवार अध्ययन विभागका सहायक प्राध्यापक आगा बुर्जेंस्का र उनको अनुसन्धान टोलीले गरेको अध्ययनले देखाएको हो ।
६० देखि ७९ वर्षको उमेरका ९९ जना वयस्कमा मस्तिष्कको सर्वेक्षण गरिएको थियो । अध्ययनको क्रममा काममा धेरै शारीरिक तनाव रिपोर्ट गर्नेहरूमा हिप्पोक्याम्पस सानो भएको पाइयो । साथै, उनीहरूमा मेमोरी कमजोर रहेको अध्ययनले देखायो ।
हिप्पोक्याम्पस मेमोरीको लागि महत्त्वपूर्ण हुन्छ र यसले सामान्य बुढेसकाल र डिमेन्सिया दुवैमा असर गर्छ । तनावले शारीरिक बुढ्यौलीलाई गति दिनुका साथै र यो धेरै पुरानो रोगहरूको लागि मुख्य जोखिमको कारकमध्ये एक हो ।
अध्ययनको निष्कर्ष ‘फ्रन्टियर्स इन ह्युमन न्यूरोसाइन्स’मा ‘वर्क एन्ड ब्रेन हेल्थ अक्रोस द लाइफस्पेन’ शीर्षकमा प्रकाशित गरिएको छ । पेशागत तनावले दिमाग र संज्ञानात्मक वृद्धावस्थामा कमी ल्याएको देखाउने यो पहिलो प्रमाण हो ।