युरोपको आधाभन्दा बढी जनसङ्ख्या कोरोनाको ओमिक्रोन भेरिएन्टबाट सङ्क्रमित हुने बताइएको छ ।
अबको ६ देखि आठ हप्ताभित्रमा युरोपको आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोन भेरिएन्ट बाट सङ्क्रमित हुने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले जनाएको हो । सन् २०२२ को पहिलो हप्तामा मात्र युरोपमा सात लाखभन्दा बढी कोभिड-१९ का नयाँ सङ्क्रमित फेला परेका छन् ।
आगामी दुई हप्ताभित्रमा सङ्क्रमितको सङ्ख्या दोब्बर हुनेछ । डब्ल्युएचओको युरोपका निर्देशक ह्यान्स क्लुजलेले माथिको तथ्याङ्कको आधारमा अबको आठ हप्तासम्म युरोपको आधाभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित भइसक्ने अनुमान उरिएको बताएका छन् ।