विराटनगरमा पछिल्लो २४ घण्टामा ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो । मोरङको विराटनगरमा ४१, कटहरीमा तीन, बेलबारी, कानेपोखरी र केराबारीमा एक-एक गरि पछिल्लो २४ घण्टामा मोरङमा ४७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
त्यस्तै, प्रदेश १ मा पछिल्लो २४ घण्टामा एक सय २५ जनामा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयले जनाएअनुसार तीन सय ९० जनाको पिसिआर परीक्षण गर्दा ८८ र दुई सय ५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७ जनामा कोरोना पुष्टि भएको हो । सोहि अवधीमा आठ जना कोरोना सङ्क्रमणमुक्त भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ८७ रहेको छ ।