अमेरिका: रेबिजका कारण पाँचको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ पुस, २०७८
५ वर्षअघि

कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपले फैलिरहेको बेला अमेरिकामा रेबिजका कारण पाँच जनाको मृत्यु भएको छ ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)का अनुसार अमेरिकामा गत वर्ष (सन् २०२१ मा) रेबिजबाट पाँच जनाको मृत्यु भएको छ । जुन एक दशकको अवधिमा सबैभन्दा धेरै रहेको जनाइएको छ । मृत्यु हुनेमध्ये एक जना सात वर्षको बच्चा पनि थियो ।

Advertisement

रेबिज भएका तीनको मृत्यु पाँच हप्तामा भएको थियो । चमेरोको सम्पर्कमा आएपछि तीन देखि सात हप्तामा लक्षण देखिएका थिए । मृत्यु भएका पाँचमध्ये चार जनाले खोप लगाएका थिएनन् ।

चेमेरोको सम्पर्कबाट रेबिजको ​​जोखिम बारे थाहा नपाएको कारण दुईजनाले खोप नलगाएको जनाइएको छ ।

एक पटक भाइरस मस्तिष्कमा पुगेपछि, मानिसलाई पानीसँग डर लाग्ने, अचेत हुने, अत्यधिक र्याल आउने र अन्य लक्षणहरू निम्त्याउँन सक्छ । अन्ततः सङ्क्रमित कोमा जान्छ र उसको मृत्यु हुन्छ । एक पटक लक्षणहरू सुरु भएपछि, रेबिज लगभग सधैँ घातक हुन्छ ।

सन् १९०० को दशकपछि हरेक वर्ष अमेरिकामा रेबिजका कारण एक सय बढीको मृत्यु हुने तथ्याङ्क छ । खोप, जनचेतना, जनावरको हेरविचारका कारण १९६० पछि बिरामीको सङ्ख्यामा कमि आएको थियो ।

सिडिसीको रिपोर्ट अनुसार २००७ मा चमेरोबाट फैलने रेबिज अत्यन्त कम थियो ।

सन् २०११ मा ६ जना, २०१८मा तीन जनाको मृत्यु भएको थियो । सन् २०१९ र २०२० मा रेबिजको सङ्क्रमण तथा मृत्यु समेत रिपोर्ट गरिएको थिएन ।

रेबिज सङ्क्रमण भएका कुकुर, स्याल, चमेरो जस्ता जनावरका कारण रेबिज फैलिन्छ । अमेरिकामा ७० प्रतिशत रेबिजको सङ्क्रमण चमेरोबाट हुने गरेको पाइएको छ ।

सिडिसीले मानिसलाई चमेरोको सम्पर्कमा नआउन र सम्पर्कमा आइहाले रेबिज भएनभएको र यसविरुद्ध खोप लिनका लागि तुरुन्त स्वास्थ्य विभाग वा जनावर नियन्त्रण केन्द्रमा जानकारी दिन सल्लाह दिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०