फिलिपिन्सका राष्ट्रपति खोप नलगाएका मानिसहरूलाई पक्राउ गर्न आदेश दिएका छन् ।
देशमा कोरोना भाइरसको सङ्क्रमणमा तिव्र रुपमा वृद्धि भइरहेको बेला राष्ट्रपति रोड्रिगो डुटेर्टेले अत्यावश्यक काम नभइ घरबाट बाहिर निस्कने मानिसहरूलाई पक्राउ गर्न आदेश दिएका हुन् ।
डुटेर्टेले बराङ्गे जिल्लाका कप्तानलाई खोप नलगाएका व्यक्तिहरू खोज्न आदेश दिँदै त्यस्ता मानिसलाई प्रकाउ गर्न आदेश दिएका हुन् ।
उनका अनुसार स्थानीय अधिकारीहरूले नयाँ नियमहरू पालना गर्न अस्वीकार गर्ने व्यक्तिहरूलाई प्रकाउ गर्न सक्छन् । गत वर्ष, डुटेर्टेले खोप लिन अस्विकार गर्ने मानिसलाई जेल सजाय वा जनावरहरूको उपचार गर्न प्रयोग गरिने एन्टि प्यारेसाइटिक औषधि दइने भन्दै चेतावनी दिएका थिए ।
फिलिपिन्समा कोरोना भाइरसविरुद्धको खोप स्वैच्छिक छन् । आधाभन्दा कम जनसङ्ख्याले पूर्ण मात्राको खोप लगाएका छन् ।