भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैदिन ११ वटा नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने भएका छन् ।
आगामी बुधबार तामिलनाडु राज्यका विभिन्न स्थानमा मोदीले भिडियो सम्मेलनमार्फत मोदीले ११ नयाँ सरकारी मेडिकल कलेज उद्घाटन गर्ने हिन्दूस्तान टाइम्सले जनाएको छ ।
प्रत्येक कलेजहरू करिब एक हजार ४५० सिट क्षमताका हुने बताइएको छ । नयाँ कलेजहरु तमिलनाडुको विरुद्धानगर, नामक्क, दी निल्गिरि, तिरुपुर, थिरुभाल्लुर, नागापट्टिनाम, दिनदिगु, कल्लाकुरिची, एरियालुर, रामानाथापुरम र क्रिष्नगिरि क्षेत्रमा नयाँ मेडिकल कलेज स्थापना हुने बताइएको छ।