नेपालमा पछिल्लो २४ घण्टामा नौ सय ६८ जना कोभिड–१९ पुष्टि भएको छ ।
१४ हजार नौ सय ७१ जनाको नमुना परीक्षण गरिएकोमा नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयको अनुसार पीसीआर विधिबाट पाँच सय ७२ र एन्टिजेन विधिबाट तीन सय ९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा दुई सय ६२ जना कोरोनामुक्त भएका छन् भने सो अवधिमा कोभिडका कारण कसैको पनि मृत्यु भएको छैन ।
नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये आठ लाख १३ हजार सात सय नौजना सङ्क्रमणमुक्त भइसकेका छन्। नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार सात सय ४१ रहेको छ ।