सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दो

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २३ पुस, २०७८
५ वर्षअघि

सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना सङ्क्रमण दरमा वृद्धि भइरहेको छ ।

भारतबाट स्वदेश फर्किने नेपालीको सङ्ख्यामा वृद्धि आएसँगै पछिल्ला चार दिनदेखि सङ्क्रमणको दर बढेको हो । सुदूरपश्चिम प्रदेश, स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा प्रदेशमा एक सय ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रबार एन्टिजेन विधिबाट एक हजार दुई सय सय ६९ जनाको परीक्षण भएकोमा एक सय एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको हो ।

त्यस्तै, पिसिआर विधिबाट एक सय १६ जनाको परीक्षण भएकामा ५७ जनामा सङ्क्रमण देखिएको हो । मङ्गलबारअघिसम्म प्रदेशमा दैनिक कोरोना सङ्क्रमित थपिने क्रम १० भन्दा कम थियो । तर, गत मङ्गलबारदेखि सुदूरपश्चिम प्रदेशमा सङ्क्रमितको सङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । मङ्गलबार ४० जना, बुधबार ५५ जना, बिहीबार एक सय २० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

मङ्गलबार चार दशमलव ११ प्रतिशत रहेको सङ्क्रमण दर बुधबार बढेर चार दशमलव ८८ प्रतिशत पुगेको र बिहिबार आठ दशमलव ७७ प्रतिशत पुगेको हो ।

शुक्रबार थपिएको सङ्ख्यासँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ४८ हजार ६ सय ७७ पुगेको छ । त्यस्तै, ६ सय १४ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ । भारतका विभिन्न स्थानबाट घर फर्किएका नेपालीहरूमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भइरहेको जनाइएको छ ।

प्रकाशित समय: शुक्रबार २३ पुस, २०७८, २१:०७:०३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०