प्रदेश १ मा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार अनुसार तीन सय ३४ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा र एक सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको हो ।
पिसिआर परीक्षणका आधारमा मोरङमा सात, सुनसरीमा सात, इलाममा एक, झापामा एक जना र प्रदेश १ बाहिरका दुई जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । सोहि अवधिमा १२ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा चार महिला र आठ पुरुष रहेका छन् ।
प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ५० रहेको छ ।