टाउकाेकाे नशामा रगत जम्ने समस्या देखिएपछि अस्पताल भर्ना भएकी विराटनगर महानगरपालिका उपप्रमुख इन्दिरा कार्कीकाे स्वास्थ्यमा सुधार देखिएकाे छ ।
सोमबार एक्कासी टाउकोको समस्या देखिएपछि उनलाई विराटनगरबाट काठमाडाैं ल्याइएकाे थियाे ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत उपमेयर कार्कीकाे स्वास्थ्यमा सुधार हुँदै गएकाे मेयर भीम पराजुलीले जानकारी दिएका छन् ।