दक्षिण कोरियामा ओमिक्रोन भेरिएन्टका कारण दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार सियोलबाट तीन सय २९ किलोमिटर दक्षिणमा रहेको ग्वाङ्जुमा ओमिक्रोनबाट दुई जनाको मृत्यु पुष्टि भएको हो ।
दक्षिण कोरियामा ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो पटक हो । डिसेम्बर २७ र डिसेम्बर २९ मा मृत्यु भएका दुवै बिरामीको ९० को दशमको रहेको जनाइएको छ ।
मृत्यु भएपछि उनीहरूमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य अधिकारीहरूले मृत्युको वास्तविक कारणहरू खोजिरहेका छन् ।
दक्षिण कोरियामा ओमिक्रोनको सङ्क्रमण बढीरहेको छ । देशमा कुल ओमिक्रोन सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय १८ पुगेको हो ।