नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। शुक्रबार सुनको मूल्य एकैदिन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
एकैदिन सुन र चाँदी दुवैको मूल्य घटेपछि नेपाली बजारमा बहुमूल्य धातुको कारोबार प्रभावित हुने देखिएको छ।