विराटनगर । नेपाली कांग्रेसको आदिवासी जनजाति सहममन्त्रीमा बहादुरसिंह लामा तामाङ विजय भएका छन्।
उनले ३२४५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत पाएका छन्।
आदिवासी जनजातिकै महिलातर्फ ३४ उम्मेदवार रहेकोमा ८ जना निर्वाचित भएका छन् भने खुल्लातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार रहेका थिए।