विराटनगर । सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।
उनले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन् । पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए।
मंगलबार प्रदेशसभाबाट बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । थापा लामो समय सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीका रूपमा कार्यरत थिए।
बजेटप्रति असन्तुष्टि जनाउँदै उनले दिएको राजीनामाले प्रदेशको राजनीतिक वृत्तमा चासो बढाएको छ।