शुक्र अस्त हुँदै, दसैँको टीका–जमरा र दुर्गा पूजामा बाधा नपर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २८ असोज, २०८३
४ हप्ताअघि

आज बुधबार दिउँसोदेखि शुक्र ग्रह पश्चिम दिशामा अस्त हुने भएको छ। ज्योतिषीय मान्यताअनुसार शुक्र अस्तको अवधि आगामी कात्तिक ११ गते बुधबार राति १२ बजेर ४९ मिनेटसम्म रहनेछ। यसबीच बडादसैँ परे पनि देवी पूजा, टीका र जमरा ग्रहण गर्न कुनै बाधा नपर्ने बताइएको छ।

ज्योतिष शास्त्रमा सूर्यसँग १० डिग्रीभन्दा कम कोणीय दूरीमा पुगेपछि ग्रह अस्त हुने मान्यता छ। शुक्र ग्रहलाई धन, प्रेम, विवाह, विलासिता, ज्ञान तथा शुभ कार्यको कारक मानिने भएकाले यसको अस्त अवस्थालाई नयाँ माङ्गलिक कार्य सुरु गर्न अनुकूल मानिँदैन।

Advertisement

शास्त्रीय मान्यताअनुसार बृहस्पति र शुक्र अस्त हुनुभन्दा तीन दिनअघिदेखि सूतक लाग्ने तथा ग्रह उदय भएको तीन दिनपछि मात्रै शुभ कार्य सुरु गर्न मिल्ने मानिन्छ। त्यसैले यस अवधिमा विवाह, व्रतबन्ध, गृहप्रवेश, नयाँ घर निर्माण, देवताको प्राणप्रतिष्ठा तथा अन्य नयाँ माङ्गलिक कार्य गर्न निषेध गरिएको छ।

तर, नित्य तथा नैमित्तिक धार्मिक कर्ममा भने रोक नहुने बताइएको छ। स्नान, सन्ध्या, नियमित पूजा, तुलसी पूजा, श्राद्ध, तर्पणलगायतका कर्म गर्न सकिनेछ। बडादसैँका अवसरमा गरिने नवदुर्गा पूजा, सप्तशती चण्डी पाठ, फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमीको पूजा तथा हातहतियार पूजा पनि गर्न सकिनेछ।

त्यसैगरी, दुर्गा भवानीको प्रसादस्वरूप टीका र जमरा ग्रहण गर्न शुक्र अस्तले कुनै शास्त्रीय बाधा नपार्ने उल्लेख गरिएको छ। यसले दसैँको नियमित पूजाआजा र पारिवारिक टीका कार्यक्रम प्रभावित नहुने स्पष्ट पारेको छ।

शुक्र ग्रहलाई सवारीसाधन र विलासितासँग पनि जोडेर हेरिने भएकाले यस अवधिमा नयाँ सवारीसाधन खरिद–बिक्री तथा विलासी सामग्रीसम्बन्धी काममा सावधानी अपनाउन ज्योतिषीय मान्यताले सुझाव दिन्छ।

समग्रमा, शुक्र अस्तको अवधिमा नियमित धार्मिक कार्य र दसैँका पूजाआजा गर्न सकिने भए पनि विवाह, गृहप्रवेश, व्रतबन्धजस्ता नयाँ शुभ कार्य भने शास्त्रीय मान्यताअनुसार स्थगित गर्नुपर्ने हुन्छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो

सोमबार २४ कार्तिक, २०८३
२ दिनअघि

भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान

आईतबार २३ कार्तिक, २०८३
३ दिनअघि
अबुधाबीमा रूस–युक्रेन युद्ध अन्त्यका लागि त्रिपक्षीय वार्ता हुँदै, ईयूको पनि चासो
मङ्गलबार २५ कार्तिक, २०८३
चार खेलमै जितको छाप छोडेर नेपालबाट फर्किए डेभिड वार्नर
मङ्गलबार २५ कार्तिक, २०८३
नुवाकोटमा मोटरसाइकल दुर्घटना, तीन जनाको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
एपेक सम्मेलनमा ट्रम्पको कूटनीतिक पहल, सी र पुटिनसँग भेटवार्ताको तयारी
सोमबार २४ कार्तिक, २०८३
चिनियाँ जासुससँग सम्बन्धको आरोपपछि एनभिडिया प्रमुखमाथि छानबिन, ट्रम्पले गरे बचाउ
सोमबार २४ कार्तिक, २०८३
ओस्कारको आधिकारिक पेजमा दीपिका र रणवीरको ‘नगाडा संग ढोल’, सामाजिक सञ्जालमा चर्चा
सोमबार २४ कार्तिक, २०८३
गाई तिहारमा राष्ट्रपति पौडेलद्वारा शीतल निवासमा गाईको पूजा
सोमबार २४ कार्तिक, २०८३
कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पैदलयात्रीको ज्यान गयो
सोमबार २४ कार्तिक, २०८३
भोटेकोशी बाढीमा उद्धारमा खटिएको प्रहरीको कुकुर लियोलाई सर्वोत्कृष्ट सम्मान
आईतबार २३ कार्तिक, २०८३
धनकुटामा कौडा खेलिरहेको अवस्थामा १५ जना प्रहरी नियन्त्रणमा
आईतबार २३ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०