विराटनगर । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आज नयाँदिल्लीको जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा गरेपछि राजधानीमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदर्शनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले विभिन्न सीमा नाकामा सुरक्षाकर्मी परिचालन गरेको छ। विभिन्न स्थानमा अवरोधक राखेर सवारीसाधन तथा यात्रुको जाँच भइरहेको छ।
त्यस्तै प्रदर्शनका कारण दिल्लीका ४५ मेट्रो स्टेसन बन्द गरिएका छन् भने केहीको मार्ग परिवर्तन गरिएको छ। प्रदर्शन प्रभावित क्षेत्रवरपर इन्टरनेट सेवा पनि अस्थायी रूपमा बन्द गरिएको