काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज छापावाला सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार बढेर २ लाख ९५ हजार ७ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। बिहीबार प्रतितोला ४ हजार ३९० रुपैयाँ रहेको चाँदी शुक्रबार बढेर ४ हजार ४०५ रुपैयाँ पुगेको छ।
महासंघका अनुसार शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य २ लाख ५३ हजार ५१५ रुपैयाँ तथा प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ७७६.५ रुपैयाँ कायम भएको छ।