एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ असोज, २०८३
३ घण्टाअघि

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेतामा अनुमोदित भएकी छन्। बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको सम्मानित वरिष्ठ नेताको जिम्मेवारी दिने सचिवालयको निर्णय अनुमोदन गरेको हो।

यसअघि बिहीबार नै बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा लगेको थियो। त्यसपछि बसेको केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको हो।

भण्डारीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा राखिएको विभिन्न स्रोतले जनाएका छन्। यससँगै राष्ट्रपति पदबाट अवकाश पाएपछि एमालेको सक्रिय राजनीतिमा फर्कने उनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

भण्डारी एमालेकी पूर्वउपाध्यक्षसमेत हुन्। उनी २०७२ सालमा पहिलोपटक र २०७४ सालमा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन्। राष्ट्रपति पदमा रहँदा उनी पार्टीको सक्रिय जिम्मेवारीबाट अलग रहेकी थिइन्।

राष्ट्रपति पदबाट बाहिरिएपछि भण्डारीले पुनः एमालेको राजनीतिमा सक्रिय हुने इच्छा व्यक्त गर्दै पार्टी सदस्यता नवीकरण गरेकी थिइन्। तर उनको सदस्यता नवीकरण केही समय रोकिएको थियो। एमालेले पछि सदस्यता नवीकरणको बाटो खोलेपछि उनको पार्टी राजनीतिमा पुनरागमनको प्रक्रिया अघि बढेको हो।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीको संगठनात्मक संरचना, नेतृत्व तथा विभिन्न कमिटी गठनलगायत विषयमा छलफल भइरहेको थियो। यही क्रममा भण्डारीलाई वरिष्ठ नेता बनाउने प्रस्तावसमेत अघि बढाइएको हो।

भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयसँगै एमालेको नेतृत्व संरचनामा उनको औपचारिक पुनरागमन भएको छ। पार्टीभित्र उनको आगामी भूमिका र सक्रियताबारे भने आगामी गतिविधिले थप स्पष्ट पार्नेछ।

प्रकाशित समय: बिहिबार ८ असोज, २०८३, १६:४४:५३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०