श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ४ साउन, २०८३
१ दिनअघि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा प्रचण्डले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन मा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन सत्रलाई सम्बोधन गरेका थिए। उनले विश्व राजनीति, दक्षिण एशियाली जनआन्दोलन, समाजवादको भविष्य तथा प्रगतिशील शक्तिबीच सहकार्यको आवश्यकताबारे धारणा राखेका थिए।

प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरम लाई दिएको विशेष अन्तर्वार्तामा नेपालको शान्ति प्रक्रिया, जनयुद्धबाट लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा, वामपन्थी आन्दोलनका चुनौती र समाजवादी रूपान्तरणबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए।

श्रीलंका बसाइका क्रममा उनले त्यहाँको कम्युनिस्ट पार्टी तथा सत्तारुढ जनता विमुक्ति पेरामुना (JVP) का शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै दुई देशका कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक अभ्यास, आर्थिक विकास, सुशासन र दक्षिण एशियाली वामपन्थी सहकार्यका विषयमा छलफल गरेका थिए।

भ्रमणका क्रममा विभिन्न देशका राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, अनुसन्धानकर्ता तथा प्रगतिशील बौद्धिक व्यक्तित्वसँग पनि भेटघाट भएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार श्रीलंका भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनका अनुभव अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली वामपन्थी शक्तिबीच राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। प्रचण्ड आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

प्रकाशित समय: सोमबार ४ साउन, २०८३, १३:२३:२२

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने

शुक्रबार ५ असार, २०८३
१ महिनाअघि

दरबार हत्याकाण्डबारे दुर्गा प्रसाईँको विवादास्पद अभिव्यक्ति : राजा हटाउन राजेन्द्र लिङ्देल समेत लागे 

आईतबार ३१ जेठ, २०८३
१ महिनाअघि

भारत भ्रमणमा रहेका रवि लामिछानेले गरे विदेशमन्त्री एस जयशंकरसँग भेट

मङ्गलबार १९ जेठ, २०८३
२ महिनाअघि

वैदेशिक ठगीको नयाँ स्वरुपः कामदारको तलब एजेन्टको गोजीमा

आईतबार १७ जेठ, २०८३
२ महिनाअघि

राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै

आईतबार १७ जेठ, २०८३
२ महिनाअघि

वीरगञ्जबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

मङ्गलबार ५ जेठ, २०८३
२ महिनाअघि
बागमती सरकारबाट बाहिरिँदै एमाले
मङ्गलबार ५ साउन, २०८३
निर्वाचन आयुक्तहरूको सुनुवाइ साउन १२ र १३ गते हुने
मङ्गलबार ५ साउन, २०८३
जानकी मन्दिरमा हर्क साम्पाङको प्रवेशमा विवाद, दर्शन नगरी फर्किए
मङ्गलबार ५ साउन, २०८३
कर्णालीका पूर्वाधारको स्थलगत अनुगमनमा मन्त्री लम्साल
मङ्गलबार ५ साउन, २०८३
कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर
मङ्गलबार ५ साउन, २०८३
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०