राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १७ जेठ, २०८३
३ घण्टाअघि

काठमाडौं । राष्ट्रिय सभाको आज बस्ने तय भएको बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि नै स्थगित भएको छ। बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पारित गर्ने कार्यसूची रहेको थियो।
तर विधेयकमाथि परेका संशोधन प्रस्तावबारे दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित गरिएको हो।
संसद् सचिवालय स्रोतका अनुसार दुवै विधेयकमा परेका संशोधनका विषयमा सरकार र विभिन्न दलबीच संवाद जारी छ। सहमतिका आधारमा विधेयकलाई अघि बढाउने प्रयासस्वरूप बैठक स्थगित गरेर थप छलफल थालिएको बताइएको छ।
यसैक्रममा सोविता गौतम ले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग निरन्तर संवाद गरिरहेकी छन्। संशोधनका बुँदामा साझा धारणा बनाउने प्रयास भइरहेको जनाइएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन संशोधन विधेयक र मतदाता नामावली संशोधन विधेयकमा समान रूपमा तीन–तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। ती संशोधनका विषयमा सहमति जुटेपछि मात्र विधेयकलाई पारित प्रक्रियामा लैजाने तयारी गरिएको छ।
निर्वाचनसँग सम्बन्धित यी दुई विधेयकलाई आगामी निर्वाचन व्यवस्थापन र मतदाता अभिलेखीकरणसँग जोडेर हेरिएकाले संसद्मा चासोका साथ हेरिएको छ। अब दलहरूबीचको छलफलबाट निस्कने निष्कर्षपछि राष्ट्रिय सभाको अर्को बैठकमा विधेयकमाथिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित समय: आईतबार १७ जेठ, २०८३, १३:०८:३७

सम्बन्धित खबर

‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’

आईतबार १७ जेठ, २०८३
४५ minutes

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री

आईतबार १७ जेठ, २०८३
२ घण्टाअघि

बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप

शनिवार १६ जेठ, २०८३
२४ घण्टाअघि

५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

शनिवार १६ जेठ, २०८३
१ दिनअघि

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह

शनिवार १६ जेठ, २०८३
१ दिनअघि

राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा

शुक्रबार १५ जेठ, २०८३
२ दिनअघि
‘सुकुमबासी व्यवस्थापनबारे ३५ वर्षमा हुन नसकेको काम ३५ मिनेटमा नखोजौँ’
आईतबार १७ जेठ, २०८३
नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री
आईतबार १७ जेठ, २०८३
राष्ट्रिय सभाको बैठक स्थगित, दुई महत्त्वपूर्ण विधेयकमाथि सहमति खोजिँदै
आईतबार १७ जेठ, २०८३
एकैदिन साढे २० हजार बढ्यो सुनको मूल्य
आईतबार १७ जेठ, २०८३
टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ
आईतबार १७ जेठ, २०८३
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०