वीरगञ्जबाट पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ५ जेठ, २०८३
५ महिनाअघि

वीरगञ्ज ।दुर्गा प्रसाईं सोमबार राति वीरगञ्ज बाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई वीरगञ्जस्थित दियालो होटलबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले पक्राउका क्रममा केहीबेर वादविवादसमेत भएको जनाएको छ। प्रारम्भिक समयमा पक्राउको स्पष्ट कारण सार्वजनिक नगरिए पनि अहिले उनी प्रहरी हिरासतमै रहेका छन्।

Advertisement

पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतका अनुसार प्रसाईंले दिएका सार्वजनिक अभिव्यक्ति तथा सार्वजनिक शान्तिमा खलल पुगेको विषयमा अनुसन्धान भइरहेको छ। यद्यपि उनीविरुद्ध हालसम्म औपचारिक रूपमा म्याद थप गरिएको छैन।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजकसमेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए। मंगलबार आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ गएको बताइएको छ।

वीरगञ्ज पुगेलगत्तै उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए।

घटनापछि प्रसाईं पक्राउको विषय राजनीतिक र सामाजिक वृत्तमा चासोको विषय बनेको छ। प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०