‘स्पष्ट बहुमत हुँदाहुँदै सरकार खतरनाक भ्रममा’ — गगन थापा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १८ ब‌ैशाख, २०८३
२ महिनाअघि

काठमाडौं । गगनकुमार थापाले स्पष्ट बहुमत भए पनि सरकार ‘खतरनाक भ्रम’मा परेको टिप्पणी गरेका छन्। नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमा ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीचको भिन्नता नबुझिँदा समस्या उत्पन्न भएको बताए।“डेमोक्रेसीमा ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ दुईवटा आधारभूत रूपमा फरक कुरा हुन्,” उनले भने, “कानुनको शासन र कानुनले शासन—सुन्दा एउटै जस्तो लाग्छ, तर यसको अर्थ बिल्कुल फरक छ।”

थापाका अनुसार लोकतन्त्रमा ‘रुल अफ ल’ अर्थात् कानुनको शासन अपेक्षित र वाञ्छनीय हुन्छ, जसले सरकारलाई कानुनको सेवक बनाउँछ। तर ‘रुल बाइ ल’ले कानुनलाई सरकारको ‘डण्डा’ बनाउने खतरा रहन्छ, जहाँ आवश्यकता अनुसार प्रयोग गरिने औजारजस्तो हुन्छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई जनताले पाँच वर्षका लागि सरकार सञ्चालन गर्ने म्यान्डेट दिएको उल्लेख गर्दै त्यसअनुसार जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। साथै, सोही निर्वाचनले नेपाली कांग्रेस लाई प्रतिपक्षको भूमिकामा रहन म्यान्डेट दिएको उनको भनाइ थियो।

“प्रतिपक्षको काम प्रश्न गर्ने, खबरदारी गर्ने, आवश्यक पर्दा प्रतिवाद र प्रतिरोध गर्ने तथा विकल्प प्रस्तुत गर्ने हो,” उनले भने, “प्रतिपक्ष कमजोर भयो भने सरकारलाई जवाफदेही बनाउन सकिँदैन।”

थापाले आगामी पाँच वर्षसम्म कांग्रेसले सभ्य र विनम्र तर दृढ रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए। उनले सरकारलाई कांग्रेसको विनम्रतालाई कमजोरी नठान्न आग्रह गर्दै भने, “हामी नम्र छौं, तर कमजोर होइनौं। हामी दृढ छौं र आवश्यक पर्दा स्पष्ट रूपमा उभिन्छौं।”

प्रकाशित समय: शुक्रबार १८ ब‌ैशाख, २०८३, १६:४२:२८
दुहवी नगरपालिकाले ल्यायो ९७ करोड ६६ लाख रुपैयाँको बजेट
बिहिबार ४ असार, २०८३
दोस्रो सगरमाथा संवाद-२०२७ मेमा हुने
बिहिबार ४ असार, २०८३
कृष्ण बहादुर महराले छाडे पार्टी
बिहिबार ४ असार, २०८३
आरजुलाई तीन दिनभित्र बयान दिन आउन अख्तियारले काट्यो चिठी
बिहिबार ४ असार, २०८३
नवप्रवर्तन मन्त्रालयका लागि स्वयंसेवक बन्न महावीर पुनको आह्वान
बिहिबार ४ असार, २०८३
ई-पासपोर्ट खरिद प्रकरणमा बयानका लागि जर्मन कम्पनीको प्रतिनिधिलाई बोलाइयो
बिहिबार ४ असार, २०८३
मनसुन विपदमा जनताको सुरक्षा पहिलो प्राथमिकता : गृहमन्त्री गुरुङ
बिहिबार ४ असार, २०८३
मडेइरादेखि विश्व फुटबलको शिखरसम्म रोनाल्डोको यात्रा
बिहिबार ४ असार, २०८३
रोनाल्डोलाई पछि पार्दै मेसी बने अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ह्याट्रिककर्ता
बिहिबार ४ असार, २०८३
जिदानका छोरा लुका किन खेल्दै छन् अल्जेरियाबाट ?
बिहिबार ४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०