गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ ब‌ैशाख, २०८३
५ महिनाअघि
Photo: Naresh Shrestha/ THT

विराटनगर – नेपाली कांग्रेसले कोशी प्रदेश स्तरको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा आयोजना गर्दैछ।

पार्टीको सङ्गठनलाई थप सुदृढ बनाउने, हालैका निर्वाचनको परिणामको विश्लेषण गर्ने र आगामी राजनीतिक दिशा तय गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको हो।

Advertisement

कार्यक्रममा पार्टीका केन्द्रीय सभापति गगन कुमार थापा ले सम्बोधन गर्नेछन्। यसका लागि सभापति थापा आज विराटनगर पुग्ने कार्यक्रम छ।

समीक्षा कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, सङ्घीय तथा प्रदेश सांसददेखि जिल्ला र क्षेत्रीय तहका सभापतिहरूको उल्लेख्य सहभागिता रहनेछ। साथै अघिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बनेकाहरू पनि सहभागी हुनेछन्।

यसअघि नेपाली कांग्रेस ले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेश मा यस्तै कार्यक्रम सम्पन्न गरिसकेको छ भने आज कोशीमा पनि समीक्षा प्रक्रिया अघि बढाइएको हो।

पार्टी नेतृत्वले यस कार्यक्रममार्फत स्थानीय तहदेखि प्रदेश तहसम्मको सङ्गठनको अवस्था, चुनावी नतिजा, कमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गर्ने लक्ष्य राखेको छ। साथै आगामी रणनीति, सङ्गठन विस्तार, क्रियाशील सदस्यता वृद्धि र १५औँ महाधिवेशनको तयारीजस्ता विषयमा समेत गहन छलफल हुने बताइएको छ।

कांग्रेसका सहमहामन्त्री डिला संग्रौलाका अनुसार कोशी प्रदेशको नेतृत्व व्यवस्थापन र सङ्गठन सुदृढीकरणका मुद्दा बैठकका मुख्य एजेन्डा रहनेछन्।

पार्टीले यस्ता समीक्षा कार्यक्रमलाई केवल हार–जीतको मूल्याङ्कनमा सीमित नराखी, व्यापक रूपमा सङ्गठन पुनर्जीवन अभियानका रूपमा अघि बढाएको जनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०