ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ ब‌ैशाख, २०८३
६ महिनाअघि
काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने घोषणा गरेको तीन सातापछि पनि उक्त निर्णय कार्यान्वयनमा आएको छैन।मन्त्रिपरिषद्को पहिलो बैठकबाट सार्वजनिक गरिएको १०० कार्यसूचीअन्तर्गत १२औँ बुँदामा दलीय ट्रेड युनियन खारेज गर्ने उल्लेख गरिएको थियो। युनियनहरूले अनावश्यक हस्तक्षेप र दबाब सिर्जना गरेको भन्दै यस्तो निर्णय गरिएको सरकारको भनाइ थियो।

तर, सो निर्णयको कार्यान्वयन नहुँदै कर्मचारी संगठनहरू भने संगठित रूपमा सरकारसमक्ष आफ्ना माग लिएर उभिएका छन्। कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, नेकपा निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन लगायत ६ वटा संगठनले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय का सचिवसमक्ष संयुक्त मागपत्र बुझाएका छन्।

उनीहरूले ट्रेड युनियन अधिकार नखोस्न सरकारलाई चेतावनी दिएका छन्। साथै, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का मापदण्ड तथा संविधानले दिएको अधिकारअनुसार ट्रेड युनियन स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेका छन्।

Advertisement

संयुक्त मागपत्रमा नेपालको संविधानको धारा १७ (संघसंस्था खोल्ने स्वतन्त्रता) र धारा ३४ (श्रमसम्बन्धी हक) कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ। ट्रेड युनियनमाथि कुनै पनि प्रकारका प्रतिबन्ध तथा हस्तक्षेप बन्द गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।

सरकारले ६० दिनभित्र संघीय निजामती सेवा ऐन ल्याउने तयारी गरिरहेको अवस्थामा कर्मचारी संगठनहरूले ऐनमा ट्रेड युनियनको स्पष्ट परिभाषा, अधिकार र संरचना समेट्नुपर्ने माग गरेका छन्।

त्यसैगरी, संघ, प्रदेश र स्थानीय तहका सबै कर्मचारीलाई एउटै ढाँचामा समेट्दै समान अवसर, वृत्ति विकास, पारदर्शी सरुवा–बढुवा प्रणाली, तलब–भत्ता, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र पेन्सन व्यवस्थालाई ऐनमै सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

अस्थायी तथा करार कर्मचारीलाई स्थायी सेवामा प्रवेशको अवसर दिनुपर्ने, सूचना प्रविधिको प्रयोग बढाएर सेवा प्रवाह छिटो र पारदर्शी बनाउनुपर्ने तथा नागरिकमैत्री प्रशासन निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ।

कर्मचारी संगठनहरूले संवादमार्फत सहमति खोज्दै सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०