नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ ब‌ैशाख, २०८३
११ घण्टाअघि
काठमाडौँनागरिक एपमा नयाँ अपडेट आएको छ। बुधबार सार्वजनिक गरिएको एपको नयाँ संस्करण (२.०.९४) मा प्रयोगकर्ताका लागि थप उपयोगी सुविधाहरू समावेश गरिएको छ।

अब लोक सेवा आयोगका परीक्षार्थीहरूले आफ्नो प्रवेशपत्र नागरिक एपबाटै पीडिएफ ढाँचामा सजिलै डाउनलोड गर्न सक्नेछन्। यसले परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ।

यस अपडेटमार्फत नेपाल इन्जिनियरिङ काउन्सिल को प्रमाणपत्र प्रमाणीकरण सेवा पनि नागरिक एपमै एकीकृत गरिएको छ, जसले इन्जिनियरिङ क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई थप सुविधा दिनेछ।

त्यसैगरी, अनलाइन प्रहरी चारित्रिक प्रमाणपत्र (ओपीसीआर) का लागि आवेदन दिएका प्रयोगकर्ताले अब आफ्नो निवेदनको अवस्था (स्टाटस) ट्र्याक गर्न सक्नेछन्। साथै, यसअघि प्रहरी रिपोर्ट डाउनलोड गर्दा देखिएको प्राविधिक समस्या पनि यो अपडेटमार्फत समाधान गरिएको जानकारी दिइएको छ।

प्रकाशित समय: बुधबार २ ब‌ैशाख, २०८३, १३:१३:००
२०६२/६३ देखि २०८२/८३ सम्मका उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन
बुधबार २ ब‌ैशाख, २०८३
पूर्वमन्त्री खड्काको मुद्दामा अदालतले माग्यो लिखित जवाफ
बुधबार २ ब‌ैशाख, २०८३
दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी
बुधबार २ ब‌ैशाख, २०८३
सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला
बुधबार २ ब‌ैशाख, २०८३
कांग्रेसद्वारा पूर्णबहादुर खड्कासँग ७ दिने स्पष्टीकरण माग
बुधबार २ ब‌ैशाख, २०८३
नागरिक एप अपडेट: अब लोक सेवा प्रवेशपत्र डाउनलोडदेखि ओपीसीआर ट्र्याकिङसम्म सुविधा
बुधबार २ ब‌ैशाख, २०८३
म्यादीको पोसाक खरिदमा ६० करोड अनियमितता आरोप
बुधबार २ ब‌ैशाख, २०८३
समिति सभापति चयनअघि रास्वपाको संसदीय दल बैठक आज
बुधबार २ ब‌ैशाख, २०८३
नेपाल–बेलायतबीच शिक्षा र खेलकुद सहकार्य विस्तारमा छलफल
बुधबार २ ब‌ैशाख, २०८३
‘बफर स्टेट’ शब्दप्रति ज्ञवालीको आपत्ति, कूटनीतिक भाषामा सावधानी अपनाउन सुझाव
बुधबार २ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०