सरकारद्वारा इजरायलसहित ४ देशमा पुनः श्रम स्वीकृति खुला

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ ब‌ैशाख, २०८३
६ महिनाअघि
काठमाडौं । सरकारले इजरायल सहित चार देशमा पुनः श्रम स्वीकृति खुला गरेको छ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय को ३१ चैत २०८२ मा बसेको मन्त्रीस्तरीय निर्णयअनुसार इजरायल, कुवेत, बहराइन र लेबनानमा पुनः श्रम स्वीकृति खुला गरिएको हो।

यसअघि इजरायल–अमेरिका–इरानबीचको तनावका कारण यी देशहरूमा नेपाली श्रमिकको सुरक्षा जोखिम बढेको भन्दै सरकारले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति स्थगन गरेको थियो।त्यस क्रममा १७ फागुन २०८२ को निर्णयअनुसार पश्चिम एसिया तथा खाडी मुलुकका विभिन्न देशहरूमा श्रम स्वीकृति रोकिएको थियो। पछि परिस्थितिको मूल्याङ्कन गर्दै केही देशहरूमा क्रमशः पुनः खुला गरिएको हो।

यसैबीच, ३ चैत २०८२ मा साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीका लागि पुनः श्रम स्वीकृति खुला गरिसकिएको थियो। बाँकी देशहरूको पुनः श्रम स्वीकृति परराष्ट्र मन्त्रालय अन्तर्गतको ‘इमर्जेन्सी रेस्पोन्स टिम (ईआरटी)’ को सिफारिसका आधारमा खुला गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement

इराकका हकमा भने ११ पुस २०८२ को निर्णयअनुसार नै प्रक्रिया अघि बढाइने र श्रम स्वीकृतिका लागि ती देशको अवस्था सामान्य बनेपछि मात्र थप निर्णय गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०