दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश, मुद्दाको सुनुवाइ जारी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ ब‌ैशाख, २०८३
६ महिनाअघि

काठमाडौं । सर्वोच्च अदालतले दीपक खड्का लाई थुनामै राख्न आदेश दिएको छ।खड्काकी श्रीमती विनिता थापा ले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले यस्तो आदेश दिएको हो।

रिटमाथि आज वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मी ले बहस गरेका थिए। सरकारी पक्षबाट नायव महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी र उपन्यायाधिवक्ता दशरथ पंगेनी ले बहस गरेका थिए।

Advertisement

सर्वोच्चले उक्त मुद्दाको पेसी भोलि (वैशाख ३ गते) का लागि तोकेको छ। आदेशमा “निवेदकलाई हाल जे जुन अवस्थामा छन्, यथास्थितिमा राख्नू” भनी विपक्षीहरूका नाममा निर्देशन दिइएको उल्लेख छ।

खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका उनलाई सुधन गुरुङ ले भदौ २४ गतेको ‘जेनजी आन्दोलन’सँग जोडिएको घटनामा घरमा बरामद भएको रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताएका थिए।

खड्काको घरमा आगजनीपछि जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। विभागले घरबाट जलेका नोटका टुक्रा र वरपरको खरानीसमेत संकलन गरिसकेको छ।

उक्त ‘जेनजी आन्दोलन’का क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड तथा आगजनी गरेका थिए। आगलागीपछि नेपाली तथा विदेशी मुद्रा जलेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए भने केही सग्ला नोट प्रदर्शनकारीले लगेका दृश्यहरू पनि सार्वजनिक भएका थिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०