नेपाली टिमको प्रशिक्षकमा नियुक्त एरेना को हुन् ?

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ३० फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । लामो समय प्रशिक्षकबिहीन बनेको नेपाली राष्ट्रिय फुटबल टोलीको नेतृत्व अब स्विटजरल्यान्डका गुग्लिएल्मो एरेनाले गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघले मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदै नियुक्त गरेपछि खेलाडी र फुटबल समर्थकमा एउटा नयाँ आशा पलाएको छ ।

एरेनाले यसअघि विभिन्न देशका क्लब टोलीहरू सम्हालेका छन् । सन् २०११ मा उनले सिंगापुरको क्लब एतोइल एफसीको प्रशिक्षकका रूपमा काम गरेका थिए । त्यसपछि २०१२ मा अल्जेरियाको क्लब सिआर बेलौइजदादको प्रशिक्षक बनेका थिए ।

त्यसैगरी २०१८ मा जाम्बियाको बिल्डकन एफसीको प्रशिक्षक बनेका एरेनाले त्यसपछि स्विट्जरल्याण्डको एफसी कोन्ते पनि सम्हालेका थिए । सन् २०२० मा उनले मोरक्कोको क्लब आरसी ओउएद जेमको प्रशिक्षकका रूपमा काम गरेका थिए ।

पछिल्लो पटक २०२३ मा उनले लाओसको यु २३ को कार्यवाहक प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । नेपालले भने एरेनालाई एक वर्षको जिम्मेवारी सुम्पिएको छ ।

अब, एरेनाको परीक्षा चैत १३ गतेबाट सुरु हुनेछ । उनले आफ्नो पहिलो जिम्मेवारीका रूपमा हङकङ (चीन) विरुद्धको अन्तर्राष्ट्रिय खेल खेलाउने छन् । हङकङ र नेपालबीचको मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुने छ ।

प्रकाशित समय: शनिवार ३० फाल्गुण, २०८२, १७:४७:५०

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०