सुदूरपश्चिम प्रदेशमा ४१ हजार मत बदर

पुष्पा आचार्य
बिहिबार २८ फाल्गुण, २०८२
५ महिनाअघि

काठमाडौं। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ४१ हजार ६२४ मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीले १६ वटै निर्वाचन क्षेत्रमा गरी कुल खसेको मतको ४.७१ प्रतिशत मत बदर भएको जनाएको छ । १७ लाख २९ हजार ४५० मतदाता रहेको सुदूरपश्चिम प्रदेशमा आठ लाख ८४ हजार १ सय ७७ मत खसेको थियो । जसमध्ये ४१ हजार ६२४ मत बदर भएको छ ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नं १ मा ५९ हजार ३११ मत खसेकामा तीन हजार २५८ मत बदर भएको आयोगले जनाएको छ ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र–२ मा ५६ हजार ९६७ मत खसेकामा २ हजार ६४६ मत बदर भएको छ । त्यसैगरी, ६० हजार ३३२ मत खसेको कैलाली क्षेत्र–३ मा दुई हजार ९१३ मत बदर भएको छ । कैलाली क्षेत्र–४ मा दुई हजार ९०७ मत बदर भएको छ । यस क्षेत्रमा कुल ६३ हजार ११७ मत खसेको थियो । कैलाली–५ मा ६६ हजार २९५ मत खसेकामा दुई हजार ८०७ मत बदर भएको छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा ६१ हजार ३६७ मत खसेकामा ३ हजार २३४ बदर भएको छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं २ मा ३ हजार ४३० मत बदर भएको छ भने यहाँ कुल ६६ हजार ५४ मत खसेको थियो । त्यसैगरी, कञ्चनपुर क्षेत्र ३ मा ५८ हजार ५४३ मत खसेकामा ३ हजार ३९९ मत बदर भएको छ ।

त्यसैगरी, दुई वटा निर्वाचन क्षेत्र रहेको अछाममा निर्वाचन क्षेत्र नं १ मा १ हजार ११९ मत बदर भएको छ । यस क्षेत्र कुल ३२ हजार २४३ मत खसेको थियो । अछाम–२ मा ३२ हजार ६५० मत खसेकामा एक हजार ५३१ मत बदर भएको छ । एउटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा कुल ४५ हजार ६६९ मत खसेकामा १ हजार २ सय मत बदर भएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार डोटीमा ५२ हजार ९०६ मत खसेकोमा दुई हजार ४६९ मत बदर भएको छ । त्यसैगरी, दार्चुलामा १ हजार ६०८ मत बदर भएको छ । कुल ५० हजार ९३० मत खसेको थियो । बैतडीमा ७२ हजार ३०८ मत खसेको थियो । यस क्षेत्रमा ४ हजार १२६ मत बदर भएको छ । यसैगरी, डडेलधुरामा २६ हजार २११ मत खसेकामा २ हजार २५ मत बदर भएको छ ।

प्रदेश निर्वाचन कार्यालयका अनुुसार ५१.१२ प्रतिशत मतदान भएकामा ९५.२९ प्रतिशत सदर र ४.७१ प्रतिशत मत बदर भएको जनाएको छ ।

यहाँ १६ सिटमध्ये कैलालीका ५, कञ्चनपुरका ३, बैतडी र डडेलधुरामा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का उम्मेदवार विजयी भएका थिए । डोटी, अछाम–१ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भए भने बझाङ, दार्चुला र अछाम–२ मा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए ।

प्रकाशित समय: बिहिबार २८ फाल्गुण, २०८२, ११:४३:५७
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न इन्दिरा राना मगरको माग
मङ्गलबार १९ साउन, २०८३
अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्ने विधेयक बहुमतले पारित
मङ्गलबार १९ साउन, २०८३
सांसद् अमरेशको प्रश्न : मधेशका आन्दोलनकारीमाथि प्रहरीले किन सिधै गोली चलाउँछ ?
मङ्गलबार १९ साउन, २०८३
प्रधानमन्त्री र गृहमन्त्री गुरुङबीच भेटवार्ता
मङ्गलबार १९ साउन, २०८३
सरकारद्वारा २० राजदूत नियुक्तिको तयारी, खुला आवेदनबाट पहिलोपटक सिफारिस हुने
मङ्गलबार १९ साउन, २०८३
राप्रपाले बोलायो कार्यसम्पादन समिति
मङ्गलबार १९ साउन, २०८३
सिन्धुलीमा बससँग ठोक्किएर कार सुनकोशी नदीमा खस्यो, उद्धार कार्य जारी
सोमबार १८ साउन, २०८३
मलेसिया रोजगारीमा सिन्डिकेट गराउने प्रयासमा मन्त्रालयको संलग्नता छैन : श्रम मन्त्रालय
सोमबार १८ साउन, २०८३
सुस्तामा नेपाली–भारतीय पक्षबिच हुने भनिएको छलफल स्थगित
सोमबार १८ साउन, २०८३
नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै
सोमबार १८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०