शोक र जिम्मेवारीबीच ढकाल, अभियानमा छोरीहरू ‘सारथि’

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ९ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर– मोरङ क्षेत्र नं. ६ मा यतिबेला चुनावी माहोल तातेको छ। तर यो चुनावी दौडबीच नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विनोद ढकालका लागि समय दोहोरो पीडाको क्षण बनेको छ।

एकातर्फ १०१ वर्षको उमेरमा दिवंगत बुवा विष्णुप्रसाद ढकालको वियोग, अर्कोतर्फ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको जिम्मेवारी।

Advertisement

ढकाल हिन्दु संस्कारअनुसार १३ दिने काजकिरियामा बसेका छन्। घरभित्र धार्मिक विधि चलिरहँदा उनको मन भने मतदातामाझ पुग्न नसकेको पीडामा छ।

केही दिनअघि कोराभित्रबाटै एक भिडियो सन्देशमार्फत उनले मतदातालाई सम्बोधन गरे। “म शारीरिक रूपमा तपाईंहरूको माझमा आउन नसके पनि मेरो मन तपाईंहरूसँगै छ। बुबाको शोक र तपाईंहरूको माया दुवै मेरा लागि उत्तिकै महत्वपूर्ण छन्,” उनले भने।

उम्मेदवार कोरामा बसेपछि चुनावी अभियान सुस्त हुन्छ कि भन्ने धेरैको अनुमान थियो। तर ढकाल परिवारमा त्यो अनुमान गलत सावित भएको देखिन्छ।

ढकालको अनुपस्थितिमा उनका दुई छोरीहरू घरदैलो अभियानमा सक्रिय बनेका छन्। ‘जेन–जी’ पुस्ताका उनीहरूले भावनात्मक संवेदनशीलता र आधुनिक सोचलाई जोड्दै अभियान अघि बढाइरहेका छन्।

इटालीमा सस्टेनेबल नेचुरल रिसोर्स म्यानेजमेन्टमा स्नातकोत्तर अध्ययनरत जेठी छोरी सुरभी र हालै बीएलएलबी उत्तीर्ण गरेकी कान्छी छोरी सौरभी राजनीतिक चेतसहित मैदानमा उत्रिएका छन्।

दुवै छोरी बिहानै उठेर बुवाको आशीर्वाद लिँदै प्रतिबद्धता पत्र बोकेर मतदाताको घर–घर पुगिरहेका छन्। उनीहरूको हातमा केवल प्रतिबद्धता पत्र मात्रै छैन, बुवाको संघर्ष र इमानको कथा पनि छ। घरदैलोमा पुगेर उनीहरू भन्छन्, “हाम्रो बुबा अहिले तपाईंहरूको अँगनमा आउन सक्नुभएन, उहाँको तर्फबाट हामी आएका छौँ। उहाँको सपना पूरा गर्न साथ दिनुहोला।”

पितृशोकको घडीमा छोरीहरूले देखाएको परिपक्वता र समर्पणले चुनावी माहोलमा भावनात्मक आयाम थपेको छ। बुवाको राजनीतिक परीक्षामा छोरीहरू नै ‘सारथि’ बनेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०