राष्ट्रिय उर्जाशील पार्टीको प्रभाव विस्तार : रंगेली र कर्सियामा सम्पर्क कार्यालय उद्घाटन

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ६ फाल्गुण, २०८२
५ महिनाअघि

विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा मोरङ प्रतिनिधिसभा क्षेत्र नं. ५ मा राजनीतिक सरगर्मी बढेको छ। दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिएका छन्।

यसैबीच राष्ट्रिय उर्जाशील पार्टी, नेपालले संगठन विस्तार तथा जनपरिचालन अभियानलाई तीव्र बनाउँदै मोरङको रंगेली नगरपालिकाको रंगेली बजार र धनपालथान गाउँपालिकाको कर्सिया बजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ। यसअघि विराटनगरको रानी क्षेत्रमा मुख्य चुनावी कार्यालय स्थापना गरिएको थियो।

Advertisement

पार्टीका केन्द्रीय अध्यक्ष तथा मोरङ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेन्द्र मण्डलले दुवै कार्यालयको उद्घाटन गरेका हुन्। २०७९ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित मण्डलले ‘जेनजी’ आन्दोलनको भावना र जनचाहनालाई समेट्दै आफ्नै नेतृत्वमा राष्ट्रिय उर्जाशील पार्टी गठन गरेका थिए।

नयाँ सोचको संकल्प

रंगेलीमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मण्डलले नयाँ सोच, नयाँ नेतृत्व र परिवर्तनको दृढ संकल्पसहित अघि बढेको बताए। उनले नेपालवादको सिद्धान्तलाई आत्मसात गर्दै एकता, आशा र पारदर्शिताको राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरे।

कर्सिया बजारमा आयोजित सभामा उनले जनताले गरेको विश्वासलाई कर्ममार्फत प्रमाणित गर्ने अठोट दोहोर्‍याए। “स्वतन्त्र सांसदका रूपमा सुरु गरेका अभियानलाई अब पार्टीगत शक्तिका साथ पूरा गर्नु मेरो लक्ष्य हो,” उनले भने।

दुवै कार्यक्रममा स्थानीय युवा, किसान, महिला तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सो अवसरमा विभिन्न दल परित्याग गरी सयौं स्थानीय नेता तथा कार्यकर्ताहरू राष्ट्रिय उर्जाशील पार्टीमा प्रवेश गरेका जनाइएको छ। नवप्रवेशीलाई स्वागत गर्दै अध्यक्ष मण्डलले युवाको जोस र अनुभवी पुस्ताको अनुभवलाई समेटेर पार्टीलाई अघि बढाइने बताए।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०