दिलीप बगडियाले कसरी बनाए एउटा ‘रिफर सेन्टर’ लाई नेपालकै सर्वोत्कृष्ट अस्पताल ?

निश्चल ढकाल
मङ्गलबार ५ फाल्गुण, २०८२
७ महिनाअघि

रंगेली । केही वर्षअघिसम्म लथालिंग, अस्तव्यस्त र जीर्ण अवस्थामा रहेको रंगेली अस्पताल नगर अस्पतालका रूपमा रूपान्तरण भएपछि निजी अस्पतालभन्दा अब्बल बनेको छ । निजी अस्पतालभन्दा सुव्यवस्थित नगर अस्पताल एक पटक होइन, तीन–तीन पटक देशकै सर्वोत्कृष्ट अस्पतालका रूपमा घोषित् भएको छ ।

निवर्तमान नगरप्रमुख दिलीप बगडियाको इच्छाशक्ति, नगरपालिकाको कुशल व्यवस्थापन, अस्पताल प्रशासनको चुस्तता र सबैको साझा प्रयासले गर्दा न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा स्थानीय तहमातहत सञ्चालन भएका देशभरका अस्पतालमध्ये रंगेली नगर अस्पताल सर्वोत्कृष्ट ठहरिँदै आएको छ ।

Advertisement

सुशासन, व्यवस्थापन, क्लिनिकल म्यानेजमेन्ट र हस्पिटल सेवा सूचकका आधारमा पछिल्लो तीन वर्षयता रंगेली अस्पतालले छलाङ मार्दै आएको छ ।

रंगेलीमा स्थानीय सरकार प्रमुखका रूपमा दिलीप बगडिया आउनुअघि एउटा प्रमुख समस्याका रूपमा स्वास्थ्य नै थियो । बिरामी पर्दा स्वास्थ्यको हब मानिएको विराटनगर जानैपर्ने बाध्यता यहाँका नागरिकमा थियो ।

तत्कालीन रंगेली अस्पताल सुबिधाविहीन भएकै कारण एउटा रिफर सेन्टरका रूपमा मात्र सीमित थियो । शतप्रतिशत बिरामी रिफर भएर विराटनगरको कोशी अस्पताल जाने गरेकामा अहिले त्यस्तो बाध्यता टरेको छ ।

नगरपालिकाले सञ्चालन गर्नुअघि चिकित्सकको अभाव रहने, आएका चिकित्सकहरू पनि लामो समय बस्न नचाहने समस्या थियो । तर, अहिले नगरपालिकाले करारमा चिकित्सक नियुक्त गर्न थालेपछि डाक्टर र स्वास्थ्यकर्मीको समस्या छैन ।

स्थानीय सरकारको नेतृत्व गर्दै बगडियाको आगमनले नगर अस्पतालसँगै रंगेलीको समग्र स्वास्थ्य क्षेत्रले छलाङ मारेको नगर-उपप्रमुख भूमा पराजुलीको धारणा छ ।

बगडिया नेतृत्वको जनप्रतिनिधिहरूसहित अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी सबैको प्रयासबाट रंगेली अस्पताललाई नमूना अस्पताल बन्न सफल भएको उनले बताइन् ।

उनका अनुसार यसअघि रंगेली र कानेपोखरी, सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका बिरामीले विराटनगरको कोशी अस्पतालमा नेताको पहुँच लगाएर उपचार गर्नुपर्ने बाध्यता थियो ।

उक्त समस्यालाई मध्येनजर गरेर रंगेली नगर अस्पताललाई ‘अपग्रेड’ गरेका दिलीप बगडियाले रंगेलीसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर २ लाई स्वास्थ्य, शिक्षाको पहुँचमा राख्ने लक्ष्य लिएका छन् ।

आसन्न प्रतिनिधिसभा सदस्यको चुनावमा होमिएका बगडियाले यो अस्पताललाई भविष्यमा अझ सुबिधासम्पन्न बनाउनेमात्रै नभएर क्षेत्रभरि रहेका स्वास्थ्य संस्थालाई यसैगरी सुधार्ने प्रतिबद्धता जनाएका छन् ।

सरकारबाट प्राप्त सशर्त कार्यक्रम र नगरको आफ्नो बजेटबीच तालमेल मिलाउने कुरामा सक्षम बनिदिँदा नगरले जनतालाई अनुभूत हुनेगरी स्वास्थ्य क्षेत्रमा विकास गरेको हो ।

स्थानीय तहको स्वास्थ्य सेवामा विश्वसनीयता थप्न नगरले स्वास्थ्य संस्थाको भौतिक विकासमा मात्र जोड दिएको छैन, अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञ चिकित्सकहरूको सहायतामा भरपर्दो सेवा पनि दिइरहेको छ ।

कागजी रूपमा १५ बेडको यो अस्पतालले यस क्षेत्रका बिरामीहरू आवश्यकतालाई मध्येनजर गर्दै ५५ बेडमा सञ्चालन गरिरहेको छ । आकस्मिक कक्षमा मात्रै १६ बेड राखेर सञ्चालन भइरहेको छ ।

आफ्नै अत्याधुनिक ल्याब, भिडियो एक्सरे, जनरल अप्रेसन कक्ष, फार्मेसी, प्रसूति कक्ष र आधुनिक आपतकालीन कक्ष यहाँ उपलब्ध छन् । यस्तै, दन्तसेवा, डाइलेसिस सेवा र जेनस्पोट अर्थात् टिबीका बिरामीको परीक्षण अनि संस्थागत क्लिनिकलगायत सेवा रंगेली नगर अस्पतालमा उपलब्ध छ ।

यसैले पनि बिरामीहरूको चाप हुने यो अस्पतालबाट करिब ५०० जनाले दैनिक रूपमा बहिरंग सेवा लिने गरेका छन् भने प्रत्येक महिना २०० जना आमाहरूले प्रसूति सेवा लिने गरेको अस्पतालको तथ्यांक छ । प्रसूतिका जटिलभन्दा जटिल प्रकृतिका केसहरू पनि समाधान हुने गरेको छ ।

अझ, दिलीप बगडियाको ‘थिम’ अनुसार नगरभित्रका एक हजार आठ सय ८३ जनालाई बिमा गरिदिएर नगरपालिकाले नगर अस्पतालमा एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ–उपचार गरिरहेको छ । जसले गर्दा नगरबाट आर्थिक सहायता दिनुपर्ने बाध्यता टरेको छ ।

यी र यावत कुरामा बगडियाको राम्रो योगदान छ । तर, उनी भने सबैको साझा प्रयासले गर्दा रंगेली नगर अस्पताल देशकै सर्वोत्कृष्ट बनेको र नगरभित्र र बाहिरका बिरामीले निर्धक्कका साथ सेवा लिन सम्भव भएको बताउँछन् ।

रंगेलीको स्वास्थ्य क्षेत्रमा क्रान्ति ल्याउने दिलीप बगडिया अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

अहोरात्र खटिएर नगर अस्पतालको मुहार फेर्न सफल उनी मोरङ निर्वाचन क्षेत्र नम्बर २ का जनतालाई यहीँबाट सबै सुबिधा दिने चाह बोकेर अगाडि बढिरहेका छन् । नयाँ–नयाँ प्रविधि आत्मसात् गरी यही अस्पतालमा सरकारबाट पाउने उपचारलाई थप सहज र सुलभ बनाउने उनको जीवनको लक्ष्य छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
३ हप्ताअघि

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ महिनाअघि

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

शुक्रबार ५ भदौ, २०८३
१ महिनाअघि

सरकार र डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, आजदेखि अनशन अन्त्य

सोमबार ११ साउन, २०८३
२ महिनाअघि
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
चार दिनको वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध
सोमबार १२ असोज, २०८३
विराट कोहलीको अर्को ऐतिहासिक कीर्तिमान, ओडिआईमा १५ हजार रन पूरा
सोमबार १२ असोज, २०८३
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०