विद्वान उम्मेदवार मीनेन्द्रको ‘मूर्ख शैली’, विपक्षीको कटु आलोचना गरेर माग्दैछन् भोट !

माधव काफ्ले
आईतबार ३ फाल्गुण, २०८२
८ महिनाअघि

विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा. मीनेन्द्र रिजाललाई विद्वान उम्मेदवारका रूपमा हेरिन्छ । अमेरिकाको न्युयोर्क युनिभर्सिटीबाट व्यवस्थापन विषयमा पिएचडी गरेर सोही विश्वविद्यालयमा तीन वर्ष पढाएका रिजाल यो क्षेत्रका लागि सर्वाधिक पढेलेखेका उम्मेदवार हुन् ।

तर, उनै विद्वान उम्मेदवार रिजालले विपक्षीप्रति रुखो व्यवहार प्रस्तुत गर्दै ‘हेट स्पिच’ दिने गरेका छन् । आफ्ना एजेन्डाबारे मतदातासँग छलफल गर्नुपर्ने समयमा रिजालले अन्य प्रतिद्वन्द्वी द्वेषपूर्ण अभिव्यक्ति दिँदै दोहोरो चरित्र देखाएका हुन् ।

Advertisement

निर्वाचन क्षेत्रका विभिन्न स्थानमा छलफल–भेटघाटलाई तीव्रता दिनेक्रममा रिजाल चुनावी प्रतिस्पर्धीद्वय रास्वपाका कृष्ण कार्की र एमालेका दिलीप बगडियामाथि कटु आलोचनामा उत्रिएका हुन् । उनले रास्वपा जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा आगो लगाउन उद्दत देखिएको आरोप लगाएका छन् ।

‘देशमा आक्रोश छ र निराशा छ । यो हामीले स्वीकार्नै पर्छ । तर, आगो लगाएर देश बन्दैन, संसद जलाएर, वडा कार्यालयसमेत जलाएर देश बन्दैन,’ उनले भनेका छन् । यसै सिलसिलालाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अटेरी गरेर मट्टीतेल खन्याएको र आगो सल्काउने काम अर्कैले गरेको रिजालको तर्क छ ।

रास्वपा सभापति रवि लामिछाने ठुला पार्टीसँग गठबन्धन गर्दै सत्तामा पुग्ने गरेको आरोप लगाउँदै उनले वरिष्ठ नेता बालेन साह पार्टीहरूलाई गाली गरेर अहिले दलबाटै चुनावमा होमिएको टिप्पणी गरेका छन् । अझ कार्यसम्पादन मूल्यांकनका हिसाबले काठमाडौंलाई अन्तिम बनाएका निवर्तमान मेयर अहिले प्रधानमन्त्रीका लागि अगाडि सर्नु हास्यास्पद भएको भन्दै आलोचना गरेका छन् ।

रिजालले एमाले उम्मेदवार बगडियाको पनि विरोध गरेका छन् । रंगेलीको विकास देखाएर क्षेत्र जित्न खोजेको भन्दै रिजालले बगडियामाथि धावा बोल्न खोजेका छन् । दुई कार्यकालको आठ वर्षमा पनि रंगेलीको विकासमा अपेक्षित काम गर्न नसकेको आरोप रिजालको छ ।

जेनजी विद्रोहलाई बुझेर नेपाली कांग्रेस चुनावमा होमिएको बताउने गरेका डा. रिजालको यो तर्क भने दोहोरो चरित्रमा आधारित छ । उनले देश जलाउन आगो लगाउने र लगाउन प्रेरित गर्ने दुवै पक्षबाट देशलाई जोगाउन कांग्रेस चुनावमा होमिएको जनाउँदै आफ्नो उम्मेदवारी मोरङ–२ मा रहेको जनाएका थिए ।

जबकि, कांग्रेस सभापति गगनकुमार थापाले जेनजी विद्रोह परिवर्तनका लागि जायज रहेको टिप्पणी यसअघि नै दिइसकेका छन् । अझ, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा उनी आबद्ध कांग्रेसकै रमेश लेखक गृहमन्त्री थिए । त्यसबेला तत्कालीन सभापति शेरबहादुर देउवा खेमामा रहेका रिजाल विशेष महाधिवेशनपछि सभापति थापासँग टिकट मागेर चुनावमा होमिएका हुन् ।

यसअघि पनि दुई पटक यहाँबाट जितेर विभिन्न मन्त्रालय हाँकेका उनलाई क्षेत्रबासीले टुरिस्ट उम्मेदवारको ट्याग भिराउने गरेका छन् । माधवकुमार नेपाल नेतृत्वको मन्त्रीमण्डलमा संस्कृतिमन्त्री, सुशील कोइरालाको मन्त्रिपरिषद्मा सूचना तथा सञ्चार मन्त्री रहेका रिजालले शेरबहादुर देउवा प्रधानमन्त्री छँदा रक्षामन्त्री बन्ने मौका पाएका थिए ।

तीन–तीन पटक मन्त्री बन्दा पनि क्षेत्रगत विकासमा चासो नदेखाएको र चुनावपछि गाउँ नै नटेकेको भन्दै रिजाललाई मतदाताले टुरिस्ट उम्मेदवार भन्ने गरेका हुन् । त्यसबाहेक निर्वाचनअघि रिजालले मोरङ–२ का मतदातालाई जनाएका प्रतिबद्धताहरू मन्त्री बन्दासमेत पूरा गर्न नसकेकोमा मतदाता निराश छन् ।

मोरङ–२ का मतदाताहरू विकास, रोजगार र समृद्धिको ठोस योजना सुन्न चाहन्छन् । विद्वान भनिएका उम्मेदवारबाट विरोधको राजनीतिभन्दा माथि उठेर दूरदर्शी एजेन्डा प्रस्तुत गर्ने अपेक्षा मतदाताले राखेका छन् । तर, अहिलेसम्मको चुनावी अभियानमा रिजालको ध्यान आफ्नो भविष्यको कार्यक्रम भन्दा प्रतिद्वन्द्वीको आलोचनामा बढी केन्द्रित देखिएको छ ।

विद्वताको प्रमाणपत्र मात्रले मतदाताको मन जित्न नपुग्ने र जनताले विकासको नक्सा देख्न चाहेका बेला आरोपको बाजार थाप्नु कति बुद्धिमानी हो भन्ने प्रश्न अब मतदाता स्वयंले चुनावको दिन मतपत्रमार्फत जवाफ दिनेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०