निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र, वडास्तरसम्म स्वयंसेवक परिचालन

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २७ माघ, २०८२
८ महिनाअघि

काठमाडौं– निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ।

मतदातालाई आफ्नो मताधिकारप्रति सचेत गराउने तथा सही रूपमा मतदान गर्न सक्षम बनाउने लक्ष्यसहित आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको जनाएको छ। सही तथा विश्वसनीय सूचना प्रवाह गरी मत बदर हुने अवस्थालाई न्यूनिकरण गर्न मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको आयोगको भनाइ छ।

Advertisement

डिजिटल माध्यममा सीमित रहेको सचेतनालाई वडास्तरसम्म विस्तार गर्ने उद्देश्यसहित आयोगले यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

स्वीकृत कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक–एक स्वयंसेवक परिचालन गरिनेछ। सम्बन्धित निर्वाचन कार्यालयले छनोट प्रक्रिया अघि बढाउने गरी स्थानीयस्तरमा कार्यरत बाल विकास सहजकर्ता, मातृशिशु कार्यकर्ता, स्थानीय स्वास्थ्य स्वयंसेविका वा सामुदायिक अध्ययन केन्द्रका परिचालकमध्येबाट स्वयंसेवक छनोट गर्ने व्यवस्था गरिएको छ।

मतदाता शिक्षा सामग्री उत्पादन तथा प्रभावकारी परिचालनका लागि सरकारी स्वामित्वमा रहेका सञ्चारमाध्यम तथा विभिन्न नियामक निकायसँग पनि सम्झौता सम्पन्न भइसकेको आयोगले जनाएको छ। आयोगले राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण नेपाल, गोरखापत्र संस्थान, विज्ञापन बोर्ड तथा प्रेस काउन्सिल नेपालसँग यसअघि नै सहमति गरिसकेको छ।

प्रभावकारी मतदाता शिक्षाले मतदान प्रक्रिया, मतसङ्केतको सही प्रयोग तथा मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि गर्दै स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोगको विश्वास छ।

उल्लेखनीय छ, प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गतेका लागि तय गरिएको छ। निर्वाचनमार्फत प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०