‘पैसा नभएकै कारण कोही उपचारबाट वञ्चित हुँदैन’ : गगनकुमार थापा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
८ महिनाअघि

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको बदलिएको स्वास्थ्य योजना सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देशमार्फत कांग्रेसको स्वास्थ्यसम्बन्धी दृष्टिकोण र योजना प्रस्तुत गरेका हुन्।

उनले स्वास्थ्य बीमाको कार्यक्रम हाल अस्तव्यस्त अवस्थामा रहेको उल्लेख गर्दै त्यसलाई सुधार र एकीकृत गर्नुपर्ने आवश्यकता औँल्याए। कुनै पनि नेपाली पैसा नभएकै कारण उपचारबाट वञ्चित हुन नपर्ने अवस्था सुनिश्चित गर्ने कांग्रेसको लक्ष्य रहेको उनले बताए।

Advertisement

‘अहिले स्वास्थ्य बीमाको कार्यक्रम अस्तव्यस्त छ, यसलाई सुधार गर्न आवश्यक छ,’ थापाले भने, ‘जुन सोचका आधारमा यो कार्यक्रम ल्याइएको हो, त्यही आधारमा अघि बढाइनेछ। स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउँछौं।’

सभापति थापाले सबै नागरिकले स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेमा जोड दिँदै सबै स्वास्थ्य कार्यक्रमलाई एकीकृत गरी प्रणालीगत सुधार गर्न आवश्यक रहेको बताए।

‘पैसा नभएकै कारण कुनै पनि नेपाली उपचारबाट वञ्चित हुने छैनन्,’ उनले भने, ‘स्वास्थ्य बीमामा आवश्यक सुधार गर्दै हरेक नागरिकलाई समेट्ने हाम्रो सङ्कल्प हो।’

बीमाका कारण उपचारका लागि कसैले घर–जग्गा बेच्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै उनले स्वास्थ्य क्षेत्रको दायित्व सरकारकै रहेको स्पष्ट पारे।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०