‘कसलाई मतदान गर्नुहुन्छ?’ भन्दै मतदाताको गोप्यता भंग नगर्न आयोगको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २६ माघ, २०८२
५ महिनाअघि

काठमाडौं । सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण र मतदातासँग ‘कसलाई मतदान गर्नुहुन्छ?’ भनी प्रश्न गरेर मतदाताको गोपनीयता भंग गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंले आपत्ति जनाएको छ।

निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनीयता भंग गर्ने कुनै पनि कार्य नगर्न तथा नगराउन आग्रह गरेको छ।

Advertisement

आचारसंहिताको दफा ४ बमोजिम त्यस्ता कार्यहरू आचारसंहिता उल्लङ्घनको दायरामा पर्ने उल्लेख गर्दै, यस्ता गतिविधि नरोकिने हो भने प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।

निर्वाचन कार्यालयका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसार गर्न पाइने व्यवस्था छ। सो अवधिमा जुलुस, आमसभा वा कोणसभा गर्न, सञ्चारमाध्यममार्फत प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्न तथा घरदैलो कार्यक्रम गर्न पाइने प्रावधान रहेको छ।

आचारसंहिताका यी व्यवस्थाबारे पटक–पटक छलफल, अन्तर्क्रिया तथा सूचना प्रकाशनमार्फत जानकारी गराइसकिए पनि केही राजनीतिक दल, तिनका प्रतिनिधि र उम्मेदवारबाट उल्लङ्घन भइरहेको निर्वाचन कार्यालयले जनाएको छ।

निर्धारित समयअगावै कोणसभा गर्ने, प्रचारप्रसार गर्ने, प्रचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने तथा घरदैलो कार्यक्रममार्फत मतदातालाई प्रभाव पार्ने कार्य भइरहेको भन्ने जानकारी प्राप्त भएकाले त्यस्ता गतिविधि नगर्न निर्वाचन कार्यालयले पुनः ध्यानाकर्षण गराएको छ।

यदि कसैबाट आचारसंहिता उल्लङ्घन गरी कुनै पनि माध्यमबाट प्रचारप्रसार गरेको प्रमाण फेला परेमा प्रचलित कानुनअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइने निर्वाचन कार्यालयले जनाएको छ।

आचारसंहिता अनुगमन अधिकृतहरू मुक्तिराम रिजाल, शिवराम भट्टराई, रोमाकान्त काफ्ले, मुनकुमार केसी, सुनिता सुवेदी र रुक्मागत अर्यालले संयुक्त रूपमा निर्वाचन आचारसंहिताका सम्पूर्ण पक्षमा सबैलाई सचेत रहन आग्रह गरेका छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
गणेश नेपाली मृत्यु प्रकरणमा सरकारसँग ९ बुँदे सहमति
आईतबार २८ असार, २०८३
खरिपाटी होल्डिङ सेन्टरमा सञ्चारकर्मीलाई प्रवेश रोक, ‘माथिबाट अनुमति’ भन्दै रिपोर्टिङमा अवरोध
आईतबार २८ असार, २०८३
दुर्गा प्रसाईंलाई किन प्रहरीले प्रकाउ गरेर घर पुर्याईदियो ?
आईतबार २८ असार, २०८३
विराटनगरमा कटुवा पिस्तोल, गाँजा र भालासहित एक जना पक्राउ
आईतबार २८ असार, २०८३
बालेन सरकारले किसानलाई पेन्सन दिने
आईतबार २८ असार, २०८३
विश्वकपको फाइनल खेल हुने स्टेडियम बिक्रीमा
आईतबार २८ असार, २०८३
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०