एकै चरणमा निर्वाचन हुनेमा प्रधानमन्त्री कार्की दृढ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
५ महिनाअघि
राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रम कार्की काठमाडौँ, ९ असोजः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा बिहीबार सिंहदरबारमा पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा एकै चरणमा हुने स्पष्ट पारेकी छन्। बिहीबार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पुगेर मतपत्र छपाइको प्रगतिबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर एकै चरणमा निर्वाचन हुने ठोकुवा गरेकी हुन्।

तोकिएको मितिमा निर्वाचन सम्पन्न भई मत परिणाम आएपछि आफ्नो जिम्मेवारी पूरा गरेर घर फर्किने उनले बताइन्। ‘निर्वाचन सम्पन्न गराउनु मेरो दायित्व हो, त्यो पूरा गरेर म घर फर्किन्छु,’ उनले भनिन्।

Advertisement

प्रधानमन्त्री कार्कीले फागुन २१ गते देशभर मौसम पनि अनुकूल हुने विश्वास व्यक्त गरिन्। मतपत्र छपाइको काम अवलोकन गर्दा आफू निकै उत्साहित भएको उल्लेख गर्दै उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र अब जनताले मतपत्रमा छाप लगाउन मात्रै बाँकी रहेको बताइन्।

यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा हर हालतमा निर्वाचन हुने स्पष्ट पारे। उनले निर्वाचनका लागि सबै तयारी सकारात्मक ढंगले अघि बढेको र कुनै पनि किसिमको सुरक्षा चुनौती नरहेको दाबी गरे।

त्यस्तै निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए। निर्वाचन आचारसंहिता उल्लंघनमा कडाइ गरिएको उल्लेख गर्दै उनले सरकार र आयोग दुवै तोकिएको समयमा निर्वाचन गराउन दृढ रहेको बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ। हालसम्म ६० निर्वाचन क्षेत्रका लागि ७२ लाख ६० हजार मतपत्र छपाइ सकिएको आयोगको जानकारी छ। समानुपातिकतर्फका मतपत्र ढुवानीका लागि समेत तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०