टी–२० विश्वकप २०२६ नेपाली कमेन्ट्रीमा पनि प्रसारण हुने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २३ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ नेपाली भाषामा कमेन्ट्रीसहित प्रसारण हुने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको प्रसारण विवरणअनुसार प्रतियोगिताका केही खेल—विशेषगरी नेपाल सहभागी हुने खेल—कान्तिपुर टेलिभिजनले स्थानीय उत्पादनसहित नेपाली भाषामा प्रसारण गर्नेछ । नेपाली कमेन्ट्री फिड आईसीसी डट टिभीमार्फत विश्वभर रहेका नेपाली भाषी दर्शकका लागि पनि उपलब्ध गराइने जनाइएको छ ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । प्रतियोगिताअन्तर्गत कुल ५५ खेल खेलाइनेछन् ।

विश्वभरका दर्शकले खेलहरू टेलिभिजन, डिजिटल प्लेटफर्म, अडियो तथा अन्य नयाँ माध्यममार्फत प्रत्यक्ष हेर्न सक्नेछन् ।

दक्षिण एसियामा जियोस्टारले स्टार स्पोर्ट्स नेटवर्कमार्फत टेलिभिजन प्रसारण गर्नेछ भने जियोहटस्टार डिजिटल प्लेटफर्मबाट पनि खेलहरू उपलब्ध हुनेछन् ।

स्टार स्पोर्ट्स नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्समा वितरण साझेदारमार्फत उपलब्ध हुने जनाएको छ ।

प्रकाशित समय: बिहिबार २३ माघ, २०८२, १३:५६:५२
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०