विराटनगर महानगर कांग्रेस सभापतिमा अभिषेक गिरीको उम्मेदवारी घोषणा

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ४ पुस, २०८२
७ महिनाअघि

विराटनगर । नेपाली काँग्रेसका युवा नेता अभिषेक गिरीले विराटनगर महानगरपालिका समितिको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टीको १५औँ महाधिवेशन अन्तर्गत हुने नगर अधिवेशनमा सभापतिका लागि प्रतिस्पर्धा गर्ने औपचारिक जानकारी दिएका हुन् ।

Advertisement

पत्रकार सम्मेलनमा बोल्दै गिरीले १५औँ महाधिवेशनलाई पार्टीभित्रको लोकतान्त्रिक अभ्यासको उत्सवका रूपमा सफल बनाउन सबै नेता–कार्यकर्तालाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।

“हुन गइरहेको १५औँ महाधिवेशनलाई सफल बनाउन सबैजनाले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।

आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्दै गिरीले पार्टीका सबै तहका नेता–कार्यकर्ताको साथ पाउनेमा आफू विश्वस्त रहेको बताए ।

“नेपाली काँग्रेसको नगर सभापतिमा दिएको मेरो उम्मेदवारीमा क्रियाशील सदस्य, नेताहरू, अभिभावक, दाजुभाइ तथा दिदीबहिनीहरूको पूर्ण सहयोग रहनेछ भन्ने मेरो दृढ विश्वास छ,” उनले भने । सबैको साथ र समर्थनले पार्टी संगठन सुदृढीकरणमा थप ऊर्जा मिल्ने उनको भनाइ थियो ।

पछिल्लो समय गिरी ‘अभिषेक गिरी फाउन्डेसन’ मार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका छन् ।

विराटनगरमा कांग्रेस संगठनलाई सशक्त र बृहत् बनाउने अभियानमा लामो समयदेखि  उनी सक्रिय रहेका छन् ।

सामाजिक सेवामा सक्रिय गिरीले केही समयअघि विराटनगर महानगरपालिका–८ का ७५ जना पुराना कांग्रेस नेता–कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

पार्टीका लागि पुर्‍याएको योगदानको कदर गर्दै गरिएको उक्त सम्मान कार्यक्रमले उनलाई युवामाझ मात्र नभई ज्येष्ठ सदस्यहरूमाझ पनि लोकप्रिय बनाएको बताइन्छ ।

यसैक्रममा गिरीले संगठन विस्तारको लक्ष्यसहित पार्टी प्रवेश कार्यक्रमलाई निरन्तरता दिँदै आएका छन् ।

गत शनिबार गिरीको अगुवाइमा विराटनगरका १५० युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

नेपाली कांग्रेस वडा कार्यसमिति वडा नं. ८, विराटनगर महानगरपालिकाको आयोजनामा शनिबार थानगाढीस्थित सप्तकोशी बोर्डिङ छेउमा आयोजित विशेष कार्यक्रममा १५० जना युवा पुस्तालाई पार्टीमा प्रवेश गराइएको हो ।

उक्त कार्यक्रममा विभिन्न तहतप्कामा रहेका युवाहरूलाई नेपाली कांग्रेसको सिद्धान्त तथा विचारलाई आत्मसात गर्दै लोकतन्त्रको चीरस्थायी प्रयोजनमा समाहित गर्ने उद्देश्यले पार्टी प्रवेश गराइएको थियो ।

हालै भएको जेनजी विद्रोहपछि राजनीतिक पार्टीप्रति वितृष्णा बढिरहेका बेला यो पहल विशेष महत्त्वपूर्ण मानिएको छ ।

नेपाली कांग्रेसको सिद्धान्त, विचार र लोकतन्त्रको दीर्घकालीन प्रयोजनलाई आत्मसात गर्ने उद्देश्यसहित विभिन्न क्षेत्रका व्यक्तिलाई पार्टीमा समेट्दै लागिएको गिरीले बताए ।

सार्वजनिक तथा निजी अस्पताल सुधार, सामुदायिक विद्यालयको उन्नति, सार्वजनिक सम्पत्तिको संरक्षण, स्वदेशमै रोजगारी सिर्जना, सरसफाइ अभियान, कोशी अस्पताल सुधार, वृक्षारोपण तथा प्राकृतिक प्रकोप उद्धारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गिरीको गतिविधिले उनको उम्मेदवारीलाई थप बल पुगेको विश्लेषण गरिएको छ ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
भारत ‘ए’ विरुद्ध नेपालले टी–२० सिरिज खेल्ने
शुक्रबार २६ असार, २०८३
आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, जुनसुकै बेला थप जटिल हुन सक्ने वीर अस्पतालको चेतावनी
शुक्रबार २६ असार, २०८३
कर्णाली नदीमा भेटियो दुई जनाको शव
शुक्रबार २६ असार, २०८३
संरचना खाली गराइए टेन्ट टाँगेर वा सडकमै भए पनि सेवा दिन्छौँ : रेडक्रस मोरङ
बिहिबार २५ असार, २०८३
राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास
बिहिबार २५ असार, २०८३
२०२२ को हारको बदला लिने अवसरमा मोरक्को, फ्रान्सलाई रोक्न सक्ला त ?
बिहिबार २५ असार, २०८३
सप्तकोशी नदीको बाँध क्षेत्रबाट ३०८ किलो गाँजा बरामद
बिहिबार २५ असार, २०८३
दुहबीमा लोपोन्मुख पञ्चे बाजा बजाउने तालिम सम्पन्न
बिहिबार २५ असार, २०८३
शारीरिक स्वास्थ्य र मानसिक शान्तिका लागि ध्यान
बिहिबार २५ असार, २०८३
मुख्यसचिवमा गोविन्द कार्की नियुक्त
बुधबार २४ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०