चौतर्फी विरोधपछि कोशी प्रदेशमा आम सञ्चार विधेयक तत्काललाई रोकियो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ भदौ, २०८२
१ वर्षअघि

विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको प्रदेश आमसञ्चारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तत्कालका लागि रोकिएको छ ।

मिडिया क्षेत्र र पत्रकार महासंघलगायत सरोकारवाला पक्षको तीव्र विरोधपछि कोशी प्रदेशसभामा दर्ता भएको आमसञ्चार विधेयक तत्काललाई रोकिएको हो ।

Advertisement

भदौ १३ र १५ गतेका लागि तोकिएको प्रदेशसभाको कार्यसूचीबाट उक्त विधेयक हटाइएको आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जनाएका छन् ।

उनका अनुसार कार्यव्यवस्थापन समितिको बिहीबार बसेको बैठकले तत्कालका लागि विधेयकलाई अघि नबढाउने निर्णय गरेको हो ।

प्रदेशसभामा १३ गते तथ्यांकसम्बन्धी विधेयक पारित गर्ने र १५ गते भाषा सम्बन्धी विधेयकलाई समितिमा पठाउने कार्यसूची तय गरिएको छ । तर, आम सञ्चार विधेयक भने एजेन्डामा समावेश गरिएको छैन ।

विधेयकमा रहेको विवादास्पद प्रावधान र शब्दावलीलाई लिएर नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल, प्रेस युनियन, प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतका सञ्चारकर्मी संघ–संगठनले निरन्तर विरोध जनाउँदै आएका थिए ।

पत्रकार महासंघले यसलाई ‘प्रेस स्वतन्त्रताविरोधी’ भनेर विरोध गरेको थियो ।

मन्त्री भण्डारीले आफूलाई पछिल्ला दिनमा ‘प्रेस विरोधी’ भन्दै आलोचना गरिएको बताउँदै, ‘आफूले पत्रकारमैत्री विधेयक ल्याउन चाहेको बताए ।

तर, अहिलेको स्वरूपमा मिडिया क्षेत्रले अस्वीकार गरेपछि तत्काल अघि नबढाउने उनले बताए ।

उनले प्रेस स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाउँदै नयाँ स्वरूपमा मात्र विधेयक ल्याइने उल्लेख गरे।

यससँगै तत्कालका लागि आम सञ्चार विधेयक थन्किएको छ। सरकारले चालू अधिवेशनलाई अर्को हप्तामै अन्त्य गर्ने तयारी गरेको सचिवालयले जनाएको छ, जसले गर्दा यो विधेयकको भविष्य अनिश्चित बनेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०