विराटनगरको गुरुकुलमा ‘एक चिहान’ मञ्चन हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १० भदौ, २०८२
१ वर्षअघि

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा बुधबारदेखि एक चिहान नाटक मञ्चन हुने भएको छ ।

हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित मनोसामाजिक उपन्यास एक चिहानलाई नाट्य रूपान्तरणसहित भदौ ११ गते बुधबारदेखि गुरुकुलको सुशीला कोइराला नाटकघरमा मञ्चन गरिने भएको हो ।

माध्यमिक शिक्षा परिषद्ले अनिवार्य नेपाली पाठ्यक्रममा समावेश गरेको सो उपन्यासलाई अध्ययन-अध्यापनमा सहजता आउने गरी मञ्चन गर्न लागिएको हो ।

विराटनगर आसपासका विद्यार्थी तथा नव–कलाकारहरूको खोजी गर्दै नाट्य अभिनय कार्यशालासहित पूर्वाभ्यास गरिएको नाटकलाई भदौ महिनाभरि नियमित प्रदर्शन गर्ने योजना रहेको नाटक संयोजक देवेन्द्र यादवले जानकारी दिए ।

प्रजातन्त्र प्राप्तिपछि बिस्तारै मौलाउँदै गएको प्रगतिशील सोचको परिवेश, सांस्कृतिक सम्मिश्रण, समावेशी र समानताका लागि आवश्यक परेको तथ्य, रुढीवादी र अन्धविश्वासले नेपाली समाजलाई नछाडेको वास्तविकता नाटकभित्र अनुकूल घटनाक्रम र स्वाभाविक पात्रको परिवेशबाट व्यक्त गरिएको छ ।

समय फेरिए पनि भोगाई र अवस्थामा भएको समानताले नाटकलाई व्यापक बनाउँदै करिब सात दशक अघिको नेपाली समाजका विविध घटनाक्रम तथा निम्नवर्गीय नेपालीहरूले भोग्नुपरेको समस्याहरूलाई यथार्थपरक रूपमा नाटकमा प्रस्तुत गरिएको छ ।

नाटकमा विद्यार्थीहरूको सहजताका लागि समग्र विषय-वस्तुहरूलाई कलात्मक तथा मनोरञ्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

समाजले नारीलाई हेर्ने दृष्टिकोण, जातीय विभेदजस्ता विषयवस्तुमा व्यंग्यात्मक शैलीमा नाटक एक चिहानको कथावस्तुमा प्रस्तुति गरिएको छ ।

नाटकमा अष्टनारानको भूमिकामा महेश पासवान, लतमायाको भूमिकामा संगीता यादव, शिवनारानको भूमिकामा उद्धव सापकोटा, हाकुमायाको भूमिकामा दीक्षा चौधरी, पुननारनको भूमिकामा गौरव खतिवडा, सिन्तलीको भूमिकामा उपासना राई, हर्षनारानको भूमिकामा शिवराज भुजेल, रामबहादुको भूमिकामा भरत कार्की, डाक्टर गोदत्तप्रसादको भूमिकामा प्रदीप दाहाल, रञ्जनादेवीको भूमिकामा अमिशा वाग्ले, रत्नमानको भूमिकामा सागर घिमिरे, सूरमान सुब्बाको भूमिकामा निशान चौहान राई र नानीथंकुको भूमिकामा दिव्यांका खड्काको अभिनय रहनेछ ।

केही कलाकारहरूले दोहोरो पात्रको अभिनय गरेको समेत नाटकमा देखिनेछ ।

सास्थम कलेज विराटनगरको प्रवर्द्धन तथा बगैंचा र विराट किचनको सहयोगमा प्रदर्शन हुने नाटकमा आवरण चित्रको रूपमा कलाकार राजन काफ्लेको चित्रकला, कवि रमेशचन्द्र अधिकारीको पार्श्व आवाज, भरत कार्कीको प्रकाश परिकल्पना, विकास पराजुलीको मञ्च परिकल्पनासहित नाटकको परिकल्पना तथा निर्देशन दिपेश भण्डारीले गरेका छन् ।

आसपासका विद्यार्थी, विद्यालय तथा अन्य सरोकारवालाहरूको लागि नाटकको मञ्चन आवश्यकताअनुसार व्यवस्थापन गर्दै नाटकलाई व्यापक रूपमा प्रदर्शनमा ल्याउने संस्थाका अध्यक्ष भैरव क्षेत्रीले जानकारी दिए ।

प्रकाशित समय: मङ्गलबार १० भदौ, २०८२, ०७:३५:४५

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२३ घण्टाअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
१ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 

बिहिबार २८ साउन, २०८३
१ महिनाअघि
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०