नेपाल र लाओससँग पहिलोपटक भिड्दै, कसले मार्ला बाजी ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १५ असार, २०८२
१ वर्षअघि

विराटनगर । एएफसी महिला एसियन कप छनोट–२०२६ नेपालले आइतबार (आज) लाओससँग प्रतिस्पर्धा गर्दै छ ।

उज्वेकिस्तानको तास्केन्तस्थि बुनयोदकोर स्टेडियममा नेपाली समय अनुसार आज साँझ ६:१५ बजे नेपाल र लाओसबीच खेल हुन लागेको हो ।

अन्तर्राष्ट्रिय महिला फुटबल खेल्न थालेको चार दशक पूरा गरेको नेपालले लाओससँग पहिलो पटक खेल्न लागेको हो ।

यस खेलमा नेपाल सुखत सुरुवात गर्ने लक्ष्यमा छ । नेपालका लागि यो खेल अन्तर्राष्ट्रिय एक सयौँ खेल समेत हो ।

त्यसैले नेपाली महिला टोलीका लागि यो खेल ऐतिहासिक हुने छ । यस्तै नेपाली टोलीका प्रशिक्षक प्याट्रिक प्याट्रिक डे वाइल्डका लागि पनि यो डेब्यु खेल हो ।

छनोटमा नेपाल समूह ‘एफ’मा छ । यस समूहमा नेपालसँगै आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंका छन् ।

लाओससँग खेल्नुअघि शनिबार आयोजित कन्फरेन्समा प्रशिक्षक प्याट्रिकले नेपाली टोली शारीरिक र मानसिक रूपमा तयार रहेको बताएका थिए ।

‘‘अन्तर्राष्ट्रिय खेलमा उच्च स्तरको खेल खेल्नु हाम्रो लक्ष्य हो । यसका लागि हामी तयार छौँ,’’ उनले भनेका थिए ।

लाओसका प्रशिक्षकले पनि खेलाडीको मनोबल उच्च रहेकोले नेपालसँग राम्रो खेल्ने बताए । फिफा वरियतामा नेपाल १०० र लाओस १०७औँ स्थानमा छ ।

नेपाली टोली गत बुधबार उज्वेकिस्तान पुगेको थियो । टोलीले बिहीबारदेखि उज्वेकिस्तानको ३० डिग्री सेल्सियस गर्मी मौसमसँग घुलमिल भई अन्तिम अभ्यास र तयारी गरेको थियो ।

नेपाले लाओसपछि दोस्रो खेल जुलाई २ तारिख श्रीलङ्का र अन्तिम खेल जुलाई ५ तारिख उज्वेकिस्तानसँग खेल्ने छ ।

छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अस्ट्रेलियामा आयोजना हुने महिला एसिया कपमा छनोट हुने छ ।

 

प्रकाशित समय: आईतबार १५ असार, २०८२, ०७:०८:५७
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०