प्रधानमन्त्री कप छनोट : झापा र सुनसरीले जिते, मोरङ र इलाम पराजित

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २१ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रादेशिक क्रिकेट सँघ कोशी प्रदेशको आयोजनामा प्रधानमन्त्री कप–२०८१ छनोट प्रतियोगिताको मंगलबार भएको खेलमा झापा र सुनसरी विजयी भएका छन् ।

वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा झापाले इलामलाई ६ विकेटले पराजित गरेको छ ।

जित पछि झामा ३ खेलमा २ मा जित १ मा पराजित हुदै ४ अंककासाथ तेस्रो स्थानमा छ भने इलाम ४ खेलमा १ जित र ३ खेलमा पराजित हुँदै २ अंका साथ चौथो स्थानमा रहेको छ ।

टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ५० ओभरको खेलमा ३७ दशमलव २ बलमा सवै विकेट गुमाई सय १४ रनको योगफल तयार पारेको थियो ।

इलामका लागि लव कामतले २७ रन बनाउँदा गौतम राईले २४ रनको योगदान दिए ।

झापाका प्लेयर अफ म्याच विपिनकुमार महतोले ३ विकेट लिँदा ज्ञानबहादुर श्रेष्ठले पनि ३ विकेट लिए ।

१ सय १५ रनको लक्ष्य पछ्याएको झापालले ३८ ओभरमा ४ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

झापाका समिर कार्कीले अविजित ३२ रन बनाउँदा अमन गोयलले २८ रनको योगदान दिए ।

इलामका गौरभ भट्टराई, हेमल राई, श्याम यादव र लव कामतले १–१ विकेट लिए ।

मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले घरेलु टाली मोरङलाई ४६ रनले पराजित गरेको छ ।

जितपछि सुनसरी ३ खेलमा तीनै खेल जितेर ६ अ‍ैककासाथ शिर्ष स्थानमा उक्लियो भने मोरङ ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ दोस्रोमा छरेको छ ।

टस हारेर जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५४ रनको योगफल बनायो ।

सुनसरीका सुमन घतानीले ४७ रनको योगदान दिँदा गौरभ कटवालले ४० रनको योगदान दिए । मोरङका प्रेम कामतले २ विकेट लिँदा श्रवण किस्कुले पनि २ विकेट लिए ।

१ सय ५५ रनको विजयी लक्ष्य पाएको मोरङले ४१ ओभरमा सवै विकेट गुमाई १ सय ८ रनमा सिमित भयो ।

मोरङका सकिव हकले २८ रनको योगदान दिँदा चिराग साहले रन र दिपेश कँडेलले २२ रनको योगदान दिए ।

सुनसरीका प्लेयर अफ म्याच गौरभ कटवालले ३ विकेट लिँदा प्रकाश कार्कीले पनि ३ विकेट लिए ।

लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरगरि ५ टिम सहभागि रहेका छन् ।

प्रकाशित समय: बुधबार २१ फाल्गुण, २०८१, १८:३३:५३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०