कोशी प्रदेशसभा : राप्रपाबाटै सांसदमा निर्वाचित सभामुखले दिए ‘राजा’ शब्द रेकर्डबाट हटाउन निर्देशन

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ११ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । कोशी प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सविना बजगाईंले प्रयोग गरेको ‘राजा’ शब्दलाई रेकर्डबाट हटाइएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद बजगाईँले देशमा धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र डलर खाएर डलरे नेताहरूले राजाको विरोध गरेको बताएकी थिइन् ।

बजगाईंले ‘डलर खाएको’ भन्दै बोलेको विषयमा एमाले प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले नियमापत्ती जनाउँदै सो शब्द रेकर्डबाट हटाउन माग गरेका थिए ।

यसैगरी, नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले ‘राजा’ शब्द हटाउन माग गरेका थिए ।

डलर खाएको पुष्टि गर्न सभामुखले बजगाईलाई फेरि समय दिए । त्यसक्रममा बजगाईंले फेरि भनिन्, ‘संघीयता, धर्मनिरपेक्ष र गणतन्त्र लाद्नका लागि विदेशबाट विभिन्न माध्यामबाट डलर भित्रिएको कुरा अहिले अमेरिकाका राष्ट्रपतिबाट पनि सार्वजनिक भएको छ । सदनमार्फत पनि यो कुरा आइरहेको अवस्थामा यो कुरा तथ्यमा टेकेरै हामीले डलरवादी भनेका हौं । यो गणतन्त्र यहि सदनबाट खारेजको माग गर्न चाहन्छु ।’

समय नदिँदै फेरि लिङ्थेपले ‘सभामुखले नै दोहोरी गराउने कोसिस गरेको भन्दै यहि व्यवस्थामा बसेर सदनभित्र नै व्यवस्था खारेजीको माग गर्न पाइने कि नपाइने भन्ने प्रश्न गरेका थिए ।

केहीबेरको दोहोरीपछि सभामुख अम्बरबहादुर विष्टले ‘राजा’ र ‘डलर खाएको’ विषय रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए ।

राप्रपाबाटै सांसदमा निर्वाचित भएका सभामुख विष्टले राजा शब्दलाई हटाउन निर्देशन दिएपछि राप्रपाका सांसदबाहेक प्रदेशसभाका सबै सांसदले टेबल ठोकेर समर्थन जनाएका थिए ।

प्रकाशित समय: आईतबार ११ फाल्गुण, २०८१, १८:५३:०७

सम्बन्धित खबर

तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

संसदमा पद्मा अर्यालको प्रश्न : सुनसरीमा मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने?

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ माग्दै विपक्षीको संसद् अवरोध जारी

बिहिबार १४ साउन, २०८३
२ दिनअघि

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

बुधबार १३ साउन, २०८३
३ दिनअघि

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

बुधबार १३ साउन, २०८३
३ दिनअघि
विश्व स्तनपान सप्ताह आजदेखि सुरु
शनिवार १६ साउन, २०८३
सुनसरीमा कर्फ्यु हट्यो, विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी
शनिवार १६ साउन, २०८३
गणेश यादवको परिवारलाई औरही गाउँपालिकाले १० लाख दिने
शुक्रबार १५ साउन, २०८३
भ्रामक सूचना नफैलाउन प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
धनुषामा मृत भेटिएका पुरुषको घटनालाई धार्मिक विवादसँग नजोड्न प्रहरीको आग्रह
शुक्रबार १५ साउन, २०८३
कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु
शुक्रबार १५ साउन, २०८३
देवानगञ्ज घटनापछि विराटनगरमा आज बृहत् सद्भाव र्‍याली, शान्ति र एकताका लागि सर्वपक्षीय आह्वान
शुक्रबार १५ साउन, २०८३
तराई तनावबारे  मधेश र कोशीका सांसदलाई रवि लामिछानेले बैठकमा बोलाए
बिहिबार १४ साउन, २०८३
तराईको तनाव झनझन बढ्न थालेपछि प्रधानमन्त्री–गृहमन्त्रीबीच आकस्मिक छलफल
बिहिबार १४ साउन, २०८३
पूर्वराजा ज्ञानेन्द्रको सद्भाव सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकताको आह्वान
बिहिबार १४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०