अन्तर स्कुल क्रिकेट : डिएभी र न्यू मून क्वाटर्फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ फाल्गुण, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरमा जारी अन्तर स्कुल क्रिकेट प्रतियोगितामा डिएभी र न्यू मून विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा भएको पहिलो खेलमा डिएभी स्कुलले ग्यालेक्सि स्कुललाई ७२ रनले पराजित गरि क्वाटरफाइनलमा प्रवेश हो ।

Advertisement

टस जितेर ब्याटिङ गरेको डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २७ रन बनाएको थियो ।

डिएभीका लागि प्लेयर अफ म्याच आर्यन अग्रवालले सर्वाधिक ४४ रनको योगदान दिए । ग्यालेक्सिका विवेक साहले २ विकेट लिए ।

१ सय २८ रनको लक्ष्य पछ्याएको ग्यालेक्सिले १३ ओभरमा सवै विकेट गुमाई ६५ रनमा सिमित भयो ।

ग्यालेक्सिका सुमित सिंहले सर्वाधिक १९ रनको योगदान दिए । डिएभीका आर्यन अग्रवालले ४ विकेट लिए ।

दोस्रो खेलमा न्यू मून स्कुलले भगवती स्कुललाई ६ विकेटले पराजित गरी क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

टस जितेर ब्याटिङ गरेको भगवतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय रन बनाएको थियो ।

भगवतीका लागि जिशन शेखले सर्वाधिक २४ रनको योगदान दिए ।

न्यू मूनका प्लेयर अफ म्याच समित यादवले ३ विकेट लिए ।

१ सय १ रनको लक्ष्य पछ्याएको न्यू मुनले १४ दशमलव ३ बलमा ४ विकेट गुमाई विजयी लक्ष्य पार गरेको थियो ।

न्यू मूनका रेहान आलमले सर्वाधिक २० रनको योगदान दिए ।

भगवतीका अन्सकुमार सिंशले २ विकेट लिए ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

‘संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ’
सोमबार २२ असार, २०८३
संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सोमबार २२ असार, २०८३
संविधान संशोधनमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत पुर्‍याउन सांसद् राईको माग
सोमबार २२ असार, २०८३
रास्वपामा परिवारवाद र नातावाद पूर्ण निषेध
सोमबार २२ असार, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै
सोमबार २२ असार, २०८३
१४ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
सोमबार २२ असार, २०८३
विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा
सोमबार २२ असार, २०८३
गर्मीयामको स्वादिलो फल आँप : स्वादसँगै स्वास्थ्यका लागि लाभदायक
सोमबार २२ असार, २०८३
एमाले कार्यदलको बैठक असार २५ गते बस्ने
आईतबार २१ असार, २०८३
ऊर्जा मन्त्रालयले सार्वजनिक गर्‍यो १०० दिनका ७५ कामको सूची
आईतबार २१ असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०