सफलता पाउन राजेश हमालले दिए यस्तो ‘टिप्स’

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ५ फाल्गुण, २०८१
१ वर्षअघि

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो खुबी पहिचान गरेर अघि बढ्न युवाहरूलाई सुझाव दिएका छन् ।

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

अभिनेता हमालले जीवन सहज नभएको तर कहिले कहीँ आउने सहजतालाई उपभोग गरेर कृतज्ञ हुन आग्रह गरे ।

आफ्नो खुबीको पहिचान गरी अघि बढ्नसके हरेक मानिस सफल हुने उनको भनाइ छ ।

उनले युवावस्थामा मेहनत गरी प्रतिफल पाउन नसकिने बताउँदै क्षमता र अवसर पाए गर्नसक्छु भन्ने आत्मविश्वास हुनुपर्ने जानकारी दिए ।

उनले भने, ‘‘आफ्नो स्किलको पहिचान गरेर त्यसलाई डेभलप गर्न सक्नुभयो, अप्टिमम लेभलमा पुर्‍याउन सक्नुभयो भने त्यसले कुनैपनि क्षेत्रमा तपाईंले योगदान दिन सक्नुहुन्छ । कुनै पनि क्षेत्रले तपाईंलाई प्रतिफल दिनसक्छ । तर यो सहज छैन । त्यसका लागि मिहिनेत गर्नुपर्छ । कुनै पनि कुरा गर्दा मिहिनेत नगरी सम्भव हुँदैन ।’’

अभिनेता हमालले थपे, ‘‘गर्ने क्षमता र अवसर पाए म गर्नसक्छु भन्ने आत्मविश्वास छ भने तपाईं आफैँ उदाहरण बन्नुहुनेछ । यहाँहरू भोलि कुनैपनि क्षेत्रमा लाग्न चाहनुभयो । आत्मविश्वासका साथ लाग्नुस् । तपाईंहरुसँग ऊर्जा, समय छ, त्यसलाई राम्रोसँग सदुपयोग गर्नुहोला । आफ्नो प्यासनमा लागि पर्नुस् । त्यसलाई परिष्कृत गर्नुस् ।’’

अभिनेता हमालले आजको प्रविधिको युगमा प्रविधिबाट धेरै कुराहरू गर्न सकिने बताए ।

उनले आफ्नो जीवन विकास र भविष्य निर्माणका लागि हरेक समयमा सक्रिय हुनुपर्ने जिकिर गरे ।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०

सम्बन्धित खबर

सहकारी बचत फिर्ता गर्न ऐन संशोधन गरिएको हो : मन्त्री प्रतिभा रावल
आईतबार २१ असार, २०८३
चितवनमा जंगली हात्तीको आक्रमणपछि आगलागी हुँदा आमा–छोराको मत्यु
आईतबार २१ असार, २०८३
मन्सुरीको पहलमा सहकारी बचत फिर्ता अभियान प्रभावकारी, झण्डै चार करोड रकम बचतकर्तालाई फिर्ता
शनिवार २० असार, २०८३
गुरुङ नेतृत्वको बर्जु–१ ले किसानलाई दियो विद्युतीय पानी तान्ने मेसिन
शनिवार २० असार, २०८३
बर्जु–२ ले गर्यो  किसानहरुलाई निःशुल्क स्प्रे मेसिन वितरण
शनिवार २० असार, २०८३
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको आग्रह
शनिवार २० असार, २०८३
सरकारका सय दिन पूर्णत असफल : प्रचण्ड
शनिवार २० असार, २०८३
१०० दिन पूरा गर्दै सरकारले सार्वजनिक गर्‍यो उपलब्धिको विवरण
शनिवार २० असार, २०८३
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
शनिवार २० असार, २०८३
प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस
शनिवार २० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०