लाइफ गार्ड हस्पिटलमा वरिष्ठ फिजिसियन डाक्टर मोहन खड्कालाई स्वागत

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिका–५ बरगाछीमा रहेको लाइफ गार्ड हस्पिटलले वरिष्ठ फिजिसियन डाक्टर मोहन खड्कालाई स्वागत गरेको छ । सोमबार अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै पाचन स्वास्थ्यका विशेषज्ञ डाक्टर खड्कालाई स्वागत गरिएको थियो ।

विराट टिचिङ हस्पिटल, नोबेल अस्पतालमा काम गरिसकेका डाक्टर खड्कालाई अस्पतालका म्यानेजिङ डाइरेक्टर इन्द्रबहादुर भुजेल, अध्यक्ष डा. शिवराजा ओझा, अस्पताल म्यानेजर निरोज श्रेष्ठ, सञ्चालक समिति सदस्य युरो सर्जन इकवाल अहमदलगायतले स्वागत गरेका थिए ।

Advertisement

स्वागत कार्यक्रममा बोल्दै एमडी भुजलेले कोशी प्रदेशकै अनुभवी वरिष्ठ डिएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट खड्कालाई भित्र्याउन डेढ करोड खर्चिएर अत्याधुनिक उपकरण जोडेको सुनाए । आवश्यक स्वास्थ्य औजार थपेर उपचार प्रक्रियालाई व्यवस्थित गर्ने उनको भनाइ छ ।

लेटाङ नगरपालिका स्थायी घर भएका खड्काले २२ वर्षअघि एमबिबिएस डाक्टरको उपाधि पाएका हुन् । खड्काले भारतको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा एमबिबिएस सकेका थिए । शिक्षा मन्त्रालयबाट सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा एमबिबिएस पढेका डा. खड्काले थुप्रै मुलुकबाट डिग्री र अनुभव संगालेका छन् ।

पछिल्लो चार वर्षयता विराटनगर बसेर स्वास्थ्यकर्मीको भूमिका निभाइरहेका उनले एमबिबिएसका अलावा एमडी र डिएम पनि सकेका छन् । पाचन प्रणालीसँग सम्बन्धित रोगका विशेषज्ञसमेत रहेका खड्काले अब लाइफगार्ड हस्पिटलमा पाचन प्रक्रियासँग सम्बन्धित स्वास्थ्यसमस्याका साथै ग्यास्ट्रिक, सानो र ठुलो आन्द्रा, प्यानक्रियाज र कलेजोसम्बन्धी कुनै पनि रोगको उपचार हुने बताए ।

त्यसबाहेक इन्डोस्कोपी तथा कोलोनोस्कपी गरेर तत्काल अपरेसन गर्ने तथा पित्तनलीमा भएको पत्थरी हटाउने र जन्डिसम्मको उपचार आफूले बिरामीलाई उपचार गर्ने बताउँदै डाक्टर खड्काले विपन्न वर्गका बिरामीलाई भने निःशुल्क परीक्षण र उपचार पनि गर्ने प्रतिबद्धता जनाए ।

अत्याधुनिक प्रविधिद्विारा दीर्घकालीन पेट दुखाइ, पेट सुन्निएको, अल्सर, कलेजो र प्यान्क्रियाज रोग, पाचनसम्बन्धी सम्पूर्ण रोगको उपचार तथा उचित परामर्शका साथै उच्चस्तरीय इन्डोस्कोपी, कोलोनोस्कोपी र इआरसिपीको सुविधासहित उपचार हुने डाक्टर खड्काको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?

शनिवार १० असोज, २०८३
३ दिनअघि

भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द

बिहिबार ८ असोज, २०८३
५ दिनअघि

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
१ हप्ताअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
२ हप्ताअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
३ हप्ताअघि
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, जगदीश खड्काको चार वर्षे कार्यकाल पूरा
सोमबार १२ असोज, २०८३
फेरि किन पक्राउ परे दुर्गा प्रसाईं ?
सोमबार १२ असोज, २०८३
देउवा समूहले महाधिवेशन :सभापतिमा उठ्न ३० हजार, वडामा २५० रुपैयाँ शुल्क
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०